खोला किनारमा रातभरि जागेर ज्यान जोगाउन बाध्य

0 763

अभिमनु कुमार पटेल/रौतहट, २३ असार
– बौधीमाई नगरपालिकाको वडा नं २ ईनर्वा टोलका स्थानीयबासीहरु बाढीको त्रासले रातभरि जागेर ज्यान जोगाउन बाध्य बनेका छन ।
बाढीको डरले पुरै बस्ती नै विस्थापित हुन गईरहेको जनताको पीडा बुझन पूर्व मन्त्री तथा सोही क्षेत्रका सांसद मो. अफताब आलमले आफै बस्तीमा पुगी जसरी भए पनि बाध ठोस तरिकाले मर्मत गराई सम्पूर्ण जनताको ज्यान जोगाउन मेरो जिम्मेवारी रहेको बताए ।

जनताको ज्यानसँग खेलवाड गर्ने जल उत्पन्न प्रकोप कार्यालयका प्रमुख राजकुमार श्रीवास्तलाई कार्वाहीको लागि सदनमा माग गर्ने मन्त्री आलमले पीडितहरु बिच बाचा गरेका छन ।

नेपाल र भारतको सहयोग बाट निर्माण भएको बाँध लालबकैयाको कटान गरेकोले अहिले ईनर्वा बासीमा त्रास र चिन्तित अवस्थामा भरपुर सहयोग र साथदिने बताएका छन् ।

भारतको सहयोगबाट बाँधमर्मत भएपनि अहिले सफल नहुने अवस्था नै हुन् ।अहिलेको समयमा राजनितिक गर्नेहरुले यस्तो अवस्थामा पुर्याएका छन् । न्याय समिति गठन गरि दोषीमाथि कडा भन्दा कडा कारवाही हनुपर्छ भने पूर्व मन्त्री आलमले वर्तमान सरकारसँग माग समेत गरेका छन ।

बौधीमाई नगरपालिकाका वडा नं २ इनर्वा टोलमा लालबकैया खोलाले गत वर्षमा विनाशकारी बाढीले ठूलो धनजनको क्षतिपुर्याएको थियो । ३ दिनको देशभरि भारी बर्षाले समयमा भत्किएको बाध मर्मत गर्न नसकेकोले पूर्ण खतराको सिकार बन्नबाध्य बनेको छ ।स्थानिय संग डर त्रास मनमा नराखी ढुक्क भएर बस्न नगरका मेयर राजीव रंजन यादवले बताए । आफुलाई बदनाम गराउन केही राजनीतिक चलखेल सुरु भएपनि सकेसम्म गाउँलाई बचाउन कुनै कसर नछाडने मेयर यादवले बताए।

लाल बकैया खोलामा गतबर्ष महाविनाशकारी बाढी आएको वेला ठाउँ ठाउँमा १०० मिटर देखि ३०० मिटर भन्दा बढी नै बाधलाई भत्काएको थियो । सो बाढीले बौधीमाई, परोहा, राजपुर र ईशनाथनगरपालिकाकादर्जनौ गाउँ डुबानमा परेको थियो भने हजारौ घरपरिवार विस्थापित भएकाथिए ।

बाढीको डरले पटक पटक स्थानीय जनताहरुले समयमै बाधको मर्मत गराउन माग गरेपनि केही राजनीतिक चपेटामा परेको जल उत्पन्न कार्यालयका वीरगंजका प्रमुखले आफनो दायित्व सकरात्मक निर्वाह नगरेकोले आज हजारौ जनताको ज्यान खतरामा परेका छन ।

केही दिनअघि देशभरमा अबिरल वर्षाले लालबकैया खोलाको बाध फेरी कटान गरेको छ । समयमा मर्मत गराउन कोही अवाज उठाउन नआउने नेताहरु अब पुरै गाउँ नै विस्थापित हुनथाले पछि मात्र हेर्न आउनथालेका हुन ।

कटान भएको बाध बाट १०० मिटर दुरीमा बसोबास गरिरहेको जनताहरुको मनमा २४ घण्टा डर त्रास मनमा रहेको एक जना बाढी पीडितले दुख पोखेका छन ।

सो अनुमगनमा परोहा न.पा.का शेख वकिल, राजपुर न.पा. शेख सकिल अख्तर, बृद्धाबन न.पा.का मेयर रामःनेहीयादव, नेपाल तरूण दल रौतहटका सभापति मो.नौशाद आलम, वरिष्ठ नेता मो. महताब आलम लगायत दर्जनौं स्थानीय बासीको उपस्थितिमा लालबकैया खोलाको भत्किएका बाध मर्मत बारे संयुक्त अनुगमन गरेका छन ।

 

Loading...