“किरात राई यायोक्खा कान्तोउ शाखा जापान” ले ब्लडक्यान्सर पिडित अनिल राईलाई गर्र्यो आर्थिक सहयोग

बयालीस हजार एक सय पैसठ्ठी रुपैया पिडितलाइ हस्तान्तरण

0 1,075

टोकियो,जापान /मुस्कान थुलुंग
खोटांग जिल्ला नुनथला ६ खाम्ला हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानं. १३ घर भइ हाल काठमाण्डौ बानेश्वर स्थित सिभिल सर्भिस हस्पिटलमा उपचाररत ब्लडक्यान्सर पिडित बर्ष १९ का अनिल राई (केशब कुमार राईको छोरा)  को अहिले पहिलो चरणमा रोग रहेको र यस्लाई छिट्टै उपचार गर्न सके निको हुन सक्ने त्यहाँ कार्यरत उपचारमा संलग्न बरीष्ठ चिकीत्सक क्यान्सर बिशेषज्ञको सुझाव रहेको तर यस्को उपचार निक्कै महंगो पर्न जाने भन्ने जानकारी दिनु भएको छ ।

यस् कठिन घड़ीमा बिरामीलाई सानो भए पनि सहानुभूति स्वरुप मानवीय सहयोगार्थ “किरात राई यायोक्खा कान्तोउ शाखा जापान” ले संकलन गरेको रकम ने.रु ४२,१६५ (बयालीस हजार एक सय पैसठ्ठी रुपैया) पिडितलाइ हस्तान्तरण गरिएको छ । किरात राई यायोक्खा जापानका संस्थापक संरक्षक श्री सुक्र राई मार्फत किरात राई यायोक्खा कान्तोउ जापानका सल्लाहकार हेमन्त राईको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको कुरा संस्थाका अध्यक्ष श्री ध्रुवदेव राई दिएका छन् ।

हामि आफुले गरेको सानो सहयोगले कसैको जीवनमा आशाको ज्योति बल्छ भने किन पछी सर्ने भन्ने धारणालाइ आत्मसाथ गर्दै “किरात राई यायोक्खा कान्तोउ शाखा जापान” ले रकम संकलन शुरु गरेको थियो ।

रकम संकलनमा सहयोग गरिदिनु हुने सम्पूर्ण महानुभावहरुमा “किरात राई यायोक्खा कान्तोउ जापान”ले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । “किरात राई यायोक्खा कान्तोउ शाखा जापान” ले सबैलाई आ-आफ्नो ठाउ बाट गर्न सक्ने सहयोग गरिदिनु हुन पनि हार्दिक अपिल समेत गरेको छ ।

Loading...