सिता धमला अभिनित जय देबकोटाको “तिमी मर्छेउ थाहा छ” म्युजिक भिडियो सार्वजनिक

0 1,182

काठमाडौ- आमा संसारकै प्यारी हुन्छिन् । संसारमा सबै चिज खोजेर भेटिन्छ तर अर्को आमा खोजेर कहिँ कतै भेट्न सकिन्दैन । यस्तै कथा बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

समसामयिक पारिवारिक र अत्यान्तै कारुणिक गीत, लोक दोहोरी क्षेत्रका चर्चित गायक तथा मोडल जय देबकोटाको ‘तिमी मर्छेउ थाह छ’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक जय देबकोटाको स्वरमा रहेको उक्त गीतको शब्द रचना कर्ण सन्ज्यालले लेखेका हुन् भने संगीत पनि सन्ज्यालले नै गरेका हुन् । रेकर्डिङ्ग भने प्रेमदिप राम्जलीले गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा जय देबकोटा र सिता धमलाको अभिनय रहेको छ । आदर्श बानियाँ, विशाल, रमेश विश्वकर्मा र पुष्पा मादैले पनि देबकोटा र धमलालाई अभिनयमा साथ् दिएका छन् ।

मदन खड्काको निर्देशन रहेको उक्त म्युजिक भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने बिरेन्द्र भट्टले छायांकन गरेको म्युजिक भिडियोको ड्रोन क्यामेरा भने विजय भण्डारीले चलाएका हुन् ।

नेपाली गीत-संगीतको क्षेत्रमा निक्कै नै आशा गरिएको यो गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताहरुको धेरै माया पाएकोले गायक जय देबकोटा र मोडेल सिता धमला निक्कै नै उत्साहित बनेका छन् |

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...