सिलिण्डर बम विस्फोट

0 839

चितवन २९ फागुन – जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे । घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको थियो । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको राठौरले बताए ।

Loading...