किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समिति पुनर्गठन

0 688

काठमाडौं, २५ फागुन – किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समिति पुनर्गठन गरिएको छ । काठमाडौंको बत्तिसपुतलीमा आयोजित राई पत्रकारहरुको भेलाले प्रकाश चाम्लिङको अध्यक्षता समिति पुनर्गठन गरेको हो । चाम्लिङ यसअघि पनि समिति अध्यक्ष थिए । भेलाले पुनः उनकै अध्यक्षतामा समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा ईन्द्र जिजीबिषा, सचिवमा झिलकुमार राई, सहसचिवमा श्याम राई र कोषाध्यक्षमा रोमनी राई छन्
भने अन्य सदस्यहरुमा चन्द्रकला राई, जेनी राई, धिरेन राई, सिन्डी राई र नविन राई लगायत छन् ।

किरात राई पत्रकार संघका अध्यक्ष, भिम राई, उपाध्यक्ष अवतार राई, पूर्वमहासचिव विजय चाम्लिङ, पूर्वकोषाध्यक्ष प्रकाश राईको उपस्थितिमा समिति पुनर्गठन गरिएको हो ।

समितिमा कार्यरत तत्कालिन उपाध्यक्ष कृष्णजीत राई, सचिव शान्तिराज राई, सदस्य नुनुता राई र प्रविण राई गत वैशाखमा सम्पन्न संघको राष्ट्रिय अधिवेशनबाट केन्द्रीय समिति गएपछि उक्त पद खाली थियो ।

भेलामा संघका अध्यक्ष भिम राईले चाडै नै सबै जिल्लामा राई पत्रकारहरुलाई प्रशिक्षण दिने गरी कार्यक्रम सञ्चालन गरिने बताए ।
किरात राई यायोक्खा आफूहरुको मातृसंगठन भएको प्रष्ट पार्दै उनले यायोक्खाको १०औं राष्ट्रिय महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयन अनुरुप आफूहरुले पनि किरात लिपिमा मिडिया सञ्चालन गर्ने बताए ।

संघका पूर्वमहासचिव विजय चाम्लिङले किरात राईहरुको हक अधिकार र किरात प्रदेश प्राप्तिको अभियानमा यायोक्खासँग समन्वय गरेर अघि बढ्न राई पत्रकार संघसँग आग्रह गरे ।

उनले राई पत्रकार र समुदायका लागि ठुल्ठूला कार्यक्रमहरुभन्दा पनि स–साना योजनाहरु बनाएर अघि बढ्न संघसँग आग्रह गरे ।
उनले किरात राई पत्रकार संघभित्र पार्टी राजनीति हाबी हुन नहुने बताए ।

संघका उपाध्यक्ष अवतार राईले पत्रकारित क्षेत्रमा मिहिनेत र धैर्यता गर्न सके भविष्य राम्रो भएको बताए ।

Source : sarbajanik.com

Loading...