नायिका तथा मोडेल रिया श्रेष्ठले आफ्नो जन्मदिन बाराको महोत्सवमा मनाउने

0 687

काठमाडौ – मोडेल तथा नायिका रिया श्रेष्ठको आज जन्म दिन परेको छ | अन्तराष्ट्रिय नारि दिवसकै दिन जन्मिएकी रिया श्रेष्ठ आफ्नो जन्म दिन बाराको जितपुरमा आयोजना हुने कार्यक्रम “दोश्रो जीतपुर बृहत खेलकुद, सास्कृतिक एवं व्यापार मेला २०७५” मा मनाउने भएकी छन् | आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा मोडेल तथा नायिका रिया श्रेष्ठले बताएकी हुन् |

मोडेल तथा नायिका रिया श्रेष्ठको अलावा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । मोडेल तथा नायिका श्रेष्ठको अलावा एक दर्जन भन्दा बढि स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त महोत्सवमा औधोगिक उत्पादनको प्रदर्शन,सूचना तथा विज्ञान प्रविधि,ग्रामिण प्रविधि सम्बधि जानकारी,अटो मोबाईल प्रदर्शनी, विधुतिय मेशिन, कृषि औजार र बारामा रहेको धार्मिक तथा पर्यटकिय स्थलको जानकारी गराईने बताईएको छ |

Loading...