निर्देशक हाङ चेम्जोङको नयाँ भिडियो सार्बजानिक
सुमित्रा अशुधारा /काठमाडौ – फेरि पनि हाङ चेम्जोङले आफ्नो निर्देशनमा अर्को म्युजिक भिडियो लिएर आएका छन् । एकपछि अर्को गर्दै आफ्ना खुबीहरु दर्शक माझ पस्किरहेका हाङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
एकपछि अर्को गर्दै लगातार म्युजिक भिडियो हरु दर्शक श्रोता माझ कोरिया बाट पस्किरहेका एक सफल निर्देशक हुन हाङ चेम्जोङ। दक्षिण कोरिया को एक मात्रै नेपाली भाषी अन्लाईन रेडियो का स्टेसन म्यानेजर समेत रहेका हाङ चेम्जोङ VJ पनि गर्दछन । कोरिया का विभिन्न ब्याक्तित्व हरुलाइ अन्तरबार्ता लिएर दर्शक दिर्ग सम्म उहाहरुको कुरा पुराउने काम पनि गर्दै आएका छन उनले रेडियो अन्लाईन टिभी मार्फत ।
“सम्झना ……” गीतमा शब्द तथा स्वर अजय मगरको रहेको छ भने संगीत अनिप कुवरले गरेका छन् । रिजेक्टेड प्रोडक्सनले यो भन्दा अगाडी पनि निकै राम्रा राम्रा म्युजिक भिडियोहरु बजारमा ल्याएको थियो । भिडियोमा एलिना र राज लिम्बुले अभिनय गर्ने भएका छन् भने सिनेग्राफी तथा एडिटिङ सनराज रानाले गरेका हुन। उक्त म्युजिक भिडियो कोरियाको विभिन्न रमणीयस्थलमा सुटिङ गरिएको हो ।
यो भन्दा अगाडि आधा तिमी आधा म बाट अत्यधिक रुचाएकी मोडेल अलिना थापा मगर को तेस्रो कार्य रहेको उनी बताउछिन भने राज लिम्बुको डेब्यु रहेको छ।