चलचित्र “मेरो आफ्नो” मा नायिका रिया श्रेष्ठ
काठमाडौ – ॐ साई भक्त मुभिजको ब्यानरमा चलचित्र “मेरो आफ्नो” को निर्माण हुने भएको छ । शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हत गरिएको चलचित्र “मेरो आफ्नो” मा नायिका रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ, र बाल कलाकार अरुण कालिराजको मुख्य भूमिका रहने छ भने यहि चलचित्रबाट केवल जंग कुँवरले डेब्यु गर्ने भएका छन् । चितवन र मनाङ्गमा छायांकन हुने चलचित्र “मेरो आफ्नो” असोज ७ गतेबाट छायांकनको लागी स्पोटमा जाने बताईएको छ ।
श्रीराम बरालको प्रस्तुती चलचित्र “मेरो आफ्नो” लाई, बसन्त शर्मा, मातृका बजिमयले निर्माण गर्ने भएका छन् भने राजु अधिकारीले निर्देशन गर्ने भएका छन् ।
पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्र “मेरो आफ्नो”मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द र पवन गौतमको छायांकन रहने छ ।