Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
चलचित्र “मट्टिमाला” कतारको सनैयामा प्रदर्शन् हुने
काठमाडौ - पछिल्लो समयका सफल मानिएको चलचित्र "मट्टिमाला" कतारको सनैयामा प्रदर्शन् हुने भएको छ । हाल नेपालको विभिन्न हलहरुमा चौथो हप्तामा प्रदर्शन भई रहेको चलचित्र "मट्टिमाला" व्यवसायिक हिसाबले निक्कै सफल मानिएको छ ।
अहिलेका चर्चित र व्यास्त नायक "हैट" थेगोले चर्चित बुद्धि तामाङ्ग, मेरी बास्सैमा "मंगली"को भूमिकाबाट चर्चित बनेकी रजनी गुरुङ, नेपाली टोनी जा भनेर चिनिने मार्शल आर्ट खेलाडि चिरन राई, नायिका संज्ञा श्रेष्ठ प्रियंका कार्की र पृथ्वी राई लगायतको मुख्य भूमिका रहेको चलचित्र "मट्टिमाला" लाई नेपालमा धेरै दर्शकहरुले रुचाएको…
सीमा क्षेत्रहरुमा प्रकोप रोक्नका लागि अपील
काठमाडौ - देशका विभिन्न क्षेत्रमा केहि दिन अगाडि आएको अविरल वर्षाको कारण २६ जनाको ज्यान जानुको साथै विभिन्न क्षेत्रमा डुबान भएकोले सिमानामा काँडेतार अभियानका अभियन्ताहरुको तर्फबाट नायक तथा निर्माता नवल खड्काले दुख व्याक्त गर्दै, एक प्रेस विज्ञप्ति जारि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ । २६ जनाको ज्यान जानुका साथै विभिन्न स्थानमा डुबान हुँदा समेत सरकारको पक्षबाट शसक्त पहल नहुदा दुख लागेको बताउदै सुस्तावासीले नेपाली भू-भाग र आफ्नो घर जमिन डुबानमा परेपछि सुस्ताको बाँध फोडेर भारतीय नहरमा खासेलेकोमा खुशी लागेको बताईएको छ ।…
शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर
काठमाडौं २० असार - सरकारले निर्वाचन आचार संहिता लागू भएपछि शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।
बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।
न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन हुने
काठमाडौं २० असार - न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन गर्ने भएको छ । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी अभियोगको मुद्दामा न्युन धरौटी लिएको भन्दै जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने निर्णय भएको हो । बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा दिइएको छ ।
भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत झण्डै ३ अर्ब ठगीको मुद्दा चलाए पनि न्यायाधीश बस्नेतको इजलासले १० लाख रुपैयाँ…
सरकार होइन, डा. केसीको शैली अधिनायकवादी
काठमाडौ - जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको बताए गृह मन्त्री रामबहादुर थापा बादलले बताएका छन् । अहिले निर्वाचित सरकार आएको छ, सदन गठन भएको छ भने ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ । कि तपाईले सडकमा अनसन बसेर हल गर्ने ? भन्दै संसदमा गृह मन्त्री रामबहादुर थापा बादलले सांसदहरुलाई जवाफ दिएका थिए ।
गृह मन्त्री रामबहादुर थापा बादलले अगाडि थपे "जनप्रतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने ? कुन…
अमेरिकी सेना अन्तरिक्षमा पनि तैनाथ हुने
अमेरिकी सेना अन्तरिक्षमा पनि तैनाथ हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ र यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्नेछ ।
राष्ट्रपति ट्रम्पले अमेरिकासँग सशक्त वायुसेना रहेको भए पनि अब छुट्टै स्पेस फोर्स अर्थात् अन्तरिक्ष सैन्यबल गठनका लागि अघि बढिरहेको बताएका छन् ।
अमेरिकी अन्तरिक्ष काउन्सिलको एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको रक्षाको सबालमा केवल अन्तरिक्षमा अमेरिकी उपस्थिति भएर मात्र…
आफ्नो श्रीमान गुमाइसकिन्, छोरो गुमाइन् । के रहृयो उनको ? न घर न घाट ।
काठमाडौ - मलाई अर्को कुराको पनि दुःख लागेको छ । हिजो कांग्रेस र एमाओवादीको सरकार थियो । गंगामाया त्यहीँ लडिरहेकी थिइन्, उनका आशु झरिरहेका थिए । श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो ।
आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न गएका छन् । सरकारमा भएका बेला जानुभएन । अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन । भोलि निस्किएपछि मुद्दा बनाउँछ । सबैभन्दा दुःख लाग्ने यही हो ।
गंगामायाको नाम लिँदा पनि राति झस्कन्छु । मैले मिसिल पनि हेरेकी छु । एक दिन बहस पनि सुनेको छु । तपाई सम्झनुस्…
चार हात चार खुट्टा र दुई मेरुदण्ड भएको शिशुको जन्म
कैलाली १९ असार - कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान चार हात चार खुट्टा र दुई मेरुदण्ड भएको शिशुको जन्म भएको छ । टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा यस्तो शिशुको जन्म दिएकी हुन् ।
सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए । शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।
डुबानमा परेपछि गण्डक नहर भत्काए सुस्तावासीले
काठमाडौं १९ असार -सुस्ताका खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ता बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् ।सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । सुस्तामा हरेक वर्ष सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको लागि भारतीय पक्षसँग छलफल सुरु गरिएको जानकारी दिएका छन् । भारतीय पक्षले साइफन सफा नगरिदिँदा र ह्युमपाइप…
प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी आइतबार राजधानी फर्कियो
काठमाडौँ, १९ असार - बंगला एकेडेमी, बंगलादेशको निमन्त्रणामा साहित्यिक आदान प्रदानका लागि ढाका गएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी आइतबार राजधानी फर्किएको छ । उक्त प्रतिनिधि मण्डल गत बुधबार ढाकातर्फ प्रस्थान गरेको थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा सद्भाव भ्रमणमा गएको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद्का सदस्यहरू प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभाका सदस्यहरू प्राज्ञ धु्रव मधिकर्मी, प्राज्ञ शशी…