Browsing Category

समाचार

किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस भव्यताको साथ मनायो

काठमाडौ - काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा परिसरमा ‘लिम्चुङबुङ’को विरुवा रोपेर किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस मनाएको छ । ‘पूर्ण संघीयता र व्यवहारिक शिक्षाको लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँगाउँ जागरण अभियान’ भन्ने मूल नारा रहेको थियो । लिम्चुङबुङलाई किरातीहरुले प्रेमको प्रतिकको रुपमा मान्दै आएका छन् । यो एक प्रकारको जंगलमा पाईने सुगन्ध युक्त वनस्पति हो । संघले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो । जसमा दुई दर्जनभन्दा बढीले रक्तदान गरेका थिए ।…

नेपाल् ट्रेड युनियन कांग्रेस (NTUC)गठन

मलेशिया संवाददाता / मलेसिया - नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाको प्रमुख आयोजनामा कांग्रेस निकट विशेष गरि मलेसियामा कार्यरत रहेका नेपाली श्रमिकहरुको निम्ति काम गर्न "श्रमको सम्मान गरौं /श्रम शक्ति नै राष्ट्रको शक्ति हो" भन्ने मुल नाराको साथ नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समिति काठमाडौं नेपालको तदर्थ समिति गठन भएको छ। कांग्रेस जनसम्पर्क समिति मलेसियाको अध्यक्ष चोलाकान्त पङ्गेनीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव प्रेमराज गौतम ,विशेष अतिथि एन.आर.एन.ए…

एसएसओजि ग्रुपले ल्यायो दुईवटा म्युजिक भिडियो एकै साथ

ईन्द्र जिजीबिषा / काठमाडौ - एसएसओजि (Smule Singing Open Group) ले एकै साथ् दुईवटा म्युजिक भिडियो सार्वजनिक गरेको छ । काठमाडौको सोह्र खुट्टेमा एक कार्यक्रमको आयोजना गरेर "प्रेम बाट" र "चुल्ठिवाली" बोलको दुईवटा म्युजिक भिडियो बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै "प्रेम बाट" का शब्द रचनाकार रेमन राईले भने, साहित्य -संगीतको सृजना त्यति सजिलै हुन सक्दैन । गीत/साहित्य सृजना हुनलाई दुख, पिडा,चोट, हण्डर,ठक्कर खानुपर्छ या त खुसि प्राप्त गर्नु पार्छ । अनि मात्रै गीत/साहित्यको सृजना हुन सक्छ । यस्तै यो गीतको शब्द रचना गर्नुमा पनि…

कर वृद्धिको विरोधमा नवलपरासिमा जुलुस

नवलपरासी - अत्यधिक मात्रामा भएको कर वृद्धिको विरोधमा नवलपरासिमा विरोध जुलुस निकालिएको छ । सरकारले कर वृद्धि गरे संगै अहिले जनताहरु कर वृद्धिको विरोध गरि रहेका छन् । आर्थिक वर्ष सुरु भएपछि वृद्धि गरिएको करले गरिब जनताहरुको ढाँड सेकिएको भन्दै नेपालभरि आन्दोलन भईरहेको छ । यसैको विरोधमा नवलपरासिको वर्दघाटमा ई-रिक्सा मजदुरहरुले विरोध जुलुस निकालेका छन् । चर्को कर, महंगी, मौलाउँदै गएको सामाजिक अपराध, पत्रकार र सञ्चार माध्यममा लादिएको वैधानिक हस्तक्षेपकारी नीति लगायतका विरोधमा नवलपरासीको वर्दघाटमा आज ई-रिक्सा मजदुरूले जुलुस…

एचटिएस ब्युटी सलुन संचालन, सरगमले काटिन रिबन

ललितपुर - गायक तथा संगीतकार सुमन राईको जीवन संगीनी सोनी राईले संचालन गर्ने एचटिएस ब्युटी सलुन आज उद्घाटन गरिएको छ । छोरी सरगमले रिबन काटेर उद्घाटन गरिएको उक्त सलुन आजै देखि संचालनमा आएको छ । ललितपुरको ठेचो टेम्पो पार्क नजिकै नयाँ निर्माणको क्रममा रहेको सिभिल होम प्रवेश द्वार संगै रहेको एचटिएस ब्युटी सलुनमा फेसियल,मेन्यु केयर, पदी केयर, हेयर कटिङ्ग, मेकअप, थ्रेडिङ्ग, मेहन्दी आर्ट, बडि मसाज, वाक्स, चलचित्र तथा म्युजिक भिडियोमा मेकअप लगायतका सेवा सुविधाहरु उपलब्ध रहेका छन् । विगत लामो समयदेखि ब्युटी सलुनमा काम गरेको अनुभव…

नायिका अप्सरा राई अभिनित चलचित्र “सुर्यास्त” मंसिरमा रिलिज हुने

काठमाडौ - नायिका अप्सरा राई अभिनित चलचित्र सुर्यास्तको आइटम गीत छायांकन गरेर चलचित्रको छायांकन सकिएको छ । राजधानिको गङ्गबु स्थित एक रोधि घरमा आइटम गीतको छायाँकन सम्पन्न गरे संगै चलचित्र "सुर्यास्त"को सम्पूर्ण छायांकन सकिएको हो । चलचित्रको आईटम गीतमा नायिका अप्सरा राईले नै आईटम डान्स गरेकी छन् भने उक्त गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका हुन् । नायिका अप्सरा राई दर्जनौ म्युजिक भिडियोमा मोडलिङ्ग गरेपछि ठूलो पर्दाको चलचित्रमा प्रवेश गरेकी हुन् । राज बस्नेतको निर्माण निर्देशन रहेको सुर्यास्तमा किशोर खतिवडा, अप्सरा रार्इ,…

“देखिरहन्छु जहिले” को म्युजिक भिडियोको छायांकन सम्पन्न

काठमाडौं, ३१ साउन । गायक अर्जुन पौडेलको स्वरमा रहेको "देखिरहन्छु जहिले" म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको यस गीतमा अर्जुन मादेन लिम्बू र निरन्जली लामाले अभिनय गरेका छन् । पछिल्लो समयमा निरन्जली लामा म्युजिक भिडियोमा छाउँदै आइरहेकी छन् । गायक अर्जुन पौडेललाई पनि देख्न सकिने यस भिडियोमा निर्मल सुब्बा आशिष र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् । ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको…

सुनिता थेगिमले ल्याईन् फरक ढंगले नयाँ म्युजिक भिडियो (भिडियोहरु सहित)

ईन्द्र जिजीबिषा/ काठमाडौ - वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा अत्यान्तै लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा रहेको "किन मैले" बोलको गीत सार्वजनिक भएपछी लोकप्रिय हुँदै गएको छ । नेपाली गीत-संगीतको क्षेत्रमा गायिका सुनिता थेगिमले पछिल्लो समयमा एकपछि अर्को गर्दै लोकप्रिय गीतहरु बजारमा ल्याई रहेकी छन् । गायिका सुनिता थेगिमको पुर्बेली लोकभाकाहरु,आधुनिक र फ्लिमी लगायत विभिन्न भाषा -भाषीको गीतहरु लोकप्रिय छन् । गायिका सुनिता थेगिमको पहिलो सोलो गीति एल्बम "सेप्माङ्ग" (सपना) मा समेटिएको उक्त गीत शुभ मुकारुङ्गको शब्द रचनालाई पारस…

नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा आगजनी

कावासोती - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन, पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ । हाम्रो प्रतिनिधिले जानकारी दिएअनुसार, कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखिएको अवस्थामा रहेको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको छ । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको हो ।…

चमत्कारिक नृत्य देखाए ६ बर्षीय शुलभले

ईटहरी - सुनसरीको इटहरीका स्थानिय ६ बर्षीय शुलभ श्रेष्ठ चमत्कारिक नृत्य देखाएर पछिल्लो समयमा सामाजिक संजालमा भाईरल बन्दै गईरहेका छन् । आमा शर्मिला श्रेष्ठ र बाबा भीमकुमार श्रेष्ठको कोखबाट जन्मिएका शुलभ अहिले मात्रै ६ बर्षका छन् । हाल एफएस डान्स सेन्टर ईटहरीमा डान्स गुरु अभि राई संग डान्स सिक्दै आएका छन् । उनले गर्दै आएको डान्स साहशिक र अलिक फरक धारको मान्दै आईएको छ । यति सानै उमेरमा यसरी डान्स गर्ने शुलभलाई भविष्यको स्टार मान थालिएको छ ।