नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा आगजनी
कावासोती – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन, पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ ।
हाम्रो प्रतिनिधिले जानकारी दिएअनुसार, कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखिएको अवस्थामा रहेको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको छ ।
आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको हो । प्रकाण्डलाई विभिन्न आरोप लगाएर हिरासतमा राखिएको छ ।