सुनिता थेगिमले ल्याईन् फरक ढंगले नयाँ म्युजिक भिडियो (भिडियोहरु सहित)
लोकप्रियताको शिखर चढ्दै सुनिता
ईन्द्र जिजीबिषा/ काठमाडौ – वर्तमान नेपाली गीत-संगीतको क्षेत्रमा अत्यान्तै लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा रहेको “किन मैले” बोलको गीत सार्वजनिक भएपछी लोकप्रिय हुँदै गएको छ । नेपाली गीत-संगीतको क्षेत्रमा गायिका सुनिता थेगिमले पछिल्लो समयमा एकपछि अर्को गर्दै लोकप्रिय गीतहरु बजारमा ल्याई रहेकी छन् । गायिका सुनिता थेगिमको पुर्बेली लोकभाकाहरु,आधुनिक र फ्लिमी लगायत विभिन्न भाषा -भाषीको गीतहरु लोकप्रिय छन् ।
गायिका सुनिता थेगिमको पहिलो सोलो गीति एल्बम “सेप्माङ्ग” (सपना) मा समेटिएको उक्त गीत शुभ मुकारुङ्गको शब्द रचनालाई पारस मुकारुङ्गले संगीत गरेका हुन् । चन्द शिंहको एरेन्ज रहेको उक्त गीतलाई सेवा इन्टरटेनमेण्टले बजारमा ल्याएको हो ।
पछिल्लो समयमा नेपाली गीत-संगीतको म्युजिक भिडियोहरुमा विभिन्न थरिपरीका मोडलहरुलाई नचाएर म्युजिक भिडियोद्वरा दर्शकहरुलाई मनोरन्जन दिने गरिएकोमा गायिका सुनिता थेगिमको यो गीतमा सम्बन्धित कलाकारहरुलाई डबलिमा राखेर म्युजिक भिडियो तयार गरिएको छ । सार्वजनिक यो गीतको म्युजिक भिडियोमा ग्रुप भ्वाईलिनमा मोहनकृष्ण कार्की ढली, नोर्बु छिरिङ्ग (आप्पा) नारायणराज कार्की ढली, मनोहर सुनाम, रबिन कार्की ढली, किशोर कार्की ढली रहेका छन् । म्युजिक भिडियोमा पनि उनीहरुलाई नै देखाईएको छ ।
यस्तै, ढोलक/तबला र मादल कुमार माहाराज र भुवन गन्धर्वले बजाएका हुन् र उनीहरुलाई नै देखाईएको छ । गिटारमा सचिन शिंह र संजिव लिम्बु रहेका छन् । बासमा अनुप दास रहेका छन् भने,सारंगी धर्म गन्धर्वले बजाएका छन् । फ्लुट नगेन्द्र राईले बजाएका छन् ।
नेपाली गीत-संगीतको म्युजिक भिडियोमा छाडा र अश्लिल भित्रिएको भन्ने आरोपलाई यो गीतको म्युजिक भिडियोले गतिलो झापड दिएको छ । अति नै सरल र श्लील ढंगले प्रस्तुत गरिएको यो गीतको म्युजिक भिडियोले म्युजिक भिडियो बनाउनेहरुलाई एउटा गतिलो पाठ पढाएको छ ।
सुनिता थेगिमको म्युजिक भिडियोहरु