Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
मनिष लिम्बु लगायत भाइरल बाल प्रतिभाहरुको संयुक्त बृहत सांस्कृतिक कार्यक्रम हुँदै
काठमाडौं - विश्वमानव उत्थान तथा मेलमिलाप संघ र अरुण पोष्ट डटकमको संयुक्त आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । सदभाब र मेलमिलापको लागि वृहत सांस्कृतिक कार्यक्रम २०७५ भन्ने नाराका साथ यहि मिति २०७५ मंसिर २८ गते शुक्रबारका दिन चुम्लुङहिम ललितपुमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम बिशेष गरेर पछिल्लो समय मिडियामा भाइरल भईरहेका बाल कलाकारहरुलाई मध्यनजर गरेर गर्न लागिएको कार्यक्रमका प्रचारप्रसार विभाग संयोजक लोकेश लिम्बुले जानकारी दिएका छन् ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा पछिल्लो समय मिडियामा व्यापक चर्चा…
नरेन्द्र निर्विकारको “आँशु झरेकै राम्रो” गीति संग्रहको लोकार्पण
काठमाडौ - गीतकार नरेन्द्र निर्विकारको "आँशु झरेकै राम्रो" गीति संग्रहको लोकार्पण गरिएको छ । काठ्माडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा एक कार्यक्रम गरेर "आँशु झरेकै राम्रो" को लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, बिशिष्ठ अतिथि प्रदेश सांसद रामकुमार राई, अतिथिहरु बरिष्ठ साहित्यकार भुपाल राई, बरिष्ठ साहित्यकार जसराज किराती, बरिष्ठ साहित्यकार डा बिष्णु राई, बरिष्ठ साहित्यकार सुरेश हाँचेकाली, समाजसेवी तथा राजनीतिज्ञ राकेश किराती,…
श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा
काठमाडौ १५ मंसिर - चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटिङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।
श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी…
समुन्द्रपारीबाट आफ्नो प्यारो गाउँको सम्झना गर्दै आभा
काठमाडौ - चर्चित गायिका आभा मुकारुङ्गको "भयो पर पर" बोलको गीत सार्वजनिक भएको छ । सयौ हिट गीतहरु बजारमा ल्याई सकेकी गायिका आभा मुकारुङ्ग हाल अमेरिकामा बस्दै आएकी छन् ।
"कता हिडेको ? कसलाई खोजेको ? भन भन हे, बिरानो परदेशी" जस्ता सयौ गीतहरु उनको चर्चित छन् । निरन्तर गीत-संगीतमा सक्रिय रहदा रहदै उनि अमेरीका गएकी थिईन् । अमेरीकामा रहेर पनि समय मिलाएर गीत-संगीतमै निरन्तर लागि रहेकी छन् आभा मुकारुङ्ग ।
उत्तम भण्डारीको शब्द रचनालाई पबिधन खालिङ्गले संगीत भरेका छन् भने एरेन्ज पनि पबिधनले नै गरेका हुन् । बाध्यता र परिस्थितीले परदेश…
मिन विष्टले सार्वजनिक गरे अनिवार्य हेडफोन लगाएर सुन्नु पर्ने गीत “झ्याइँ झ्याइँ झ्याइँ ”
काठमाडौ - प्रायजसो केही चिज नौलो प्रयोग गरिरहन रुचाउने मिन बिष्टले यस पटक लोक शैलीको गीतलाई थ्री डी प्रविधिको प्रयोग गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । गीतकार जानु काम्बाङ्ग लिम्बुले शब्द रचना गरेको “झ्याइँ झ्याइँ झ्याइँ ” बोलको गीतमा नेपाली परम्परागत बाजा-गाजा सहित गाउँघरको बिहेको माहौल याद गराउने गरेर विष्टले थ्री डि प्रविधिमा तयार पारेका हुन् । यो गीतको संगीत संयोजन भने कुमार थापाले गरेका छन् ।
नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतको धुन मिन आफैले भरेका हुन् । परदेशमा रहेरका एक युवाको बिहे गर्ने कल्पनालाई शब्दमा…
जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – नव उदयमान गायक तथा समाजसेवी जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले अभिनय गरेका छन् ।
लामो समय देखि ससक्त कलम चलाउदै आउनु भएकि गीतकार संगीता बायुङ्ग राईको शब्द रचनालाई गायक राई आफैले संगीत गरेका छन् । यो गीतको एरेन्ज पावल चाम्लिङले गरेका हुन् भने मिक्सिङ्ग किशोर थापाकोले गरेका छन ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियो…
इशाराको धरानमा एकल साँझ हुने
काठमाडौं - हास्यकलाकार गणेश इशाराले धरानमा एकल साँझ गर्ने भएका छन् । हास्यव्यंग्यको क्षेत्रमा विगत लामो समयदेखि अनवरत लागि रहेका ईशाराले धरानमा एकल कमेडी शो गर्ने भएका हुन् ।
समाजसेवी वीरमाया राई (सोभोमा) को जन्म जयन्तीको अवसर पारेर पुस १४ मा सुरु गरेर देशका प्रमुख शहरहरुमा एकल कमेडी शो गर्ने इशाराले जनाएका छन् ।
इशाराले आफ्नो १४ वर्षसम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको बताएका छन् । उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो गरेका थिए ।
देशव्यापी गरिने एकल कमेडी शोबाट उठेको रकमले समाजसेवी…
शशी लुमुम्बूको ‘तपस्वी पहाड’ प्रकाशित
काठमाडौँ - कविताकर्ममा विगत साढे तीन दशकदेखि समर्पित कवि शशी लुमुम्बू आफ्नो नवीनतम् कविताकृति ‘तपस्वी पहाड’ लिएर आएका छन् । प्रगतिशील काव्यफाँटमा भिन्न शिल्प र शैलीसहित सङ्ख्यात्मकतालाई भन्दा गुणात्मकतालाई ध्यानमा राखेर जीवनमुखी कविता लेखिरहेका उनको यसअघि ‘पहाडबूढो’ नामक प्रथम कविताकृति र बेनजिर भुट्टोको जीवनी ‘रक्तरञ्जित जीनकथा’ प्रकाशित छन् । यो उनको तेस्रो कृति हो । कथा, निबन्ध, समीक्षा, संस्कृति लगायतका विधामा कलम चलाउने उनको मूख विधा भने कविता नै हो ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कविताकृति ‘तपस्वी पहाड’भित्र…
जानु काम्बाङको कथासङ्ग्रह तथा गीति एल्बम विमोचित
काठमाडौं - बेलायतमा रहँदै आएकी साहित्यकार जानु काम्बाङ लिम्बूको कथा सङ्ग्रह ‘नउघ्रेको जुन’ तथा गीति सिडी ‘जानु’को सोमबार बागबजारस्थीत होटल हार्दिकमा विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाबाट कृति विमोचन भएको हो । विमोचन कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, गंगाराज मुकारुङलगायत थुप्रै संगीतकर्मीहरूको उपस्थिति रहेको थियो । सिडीमा समावेश दुई गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । काम्बाङ पछिल्लो समयमा चर्चित आईटम गीत "बेची दिन्थे यो जवानी, किन्ने कोहि भई दिए" गीतको…
निर्देशक हाङ चेम्जोङको नयाँ भिडियो सार्बजानिक
सुमित्रा अशुधारा /काठमाडौ - फेरि पनि हाङ चेम्जोङले आफ्नो निर्देशनमा अर्को म्युजिक भिडियो लिएर आएका छन् । एकपछि अर्को गर्दै आफ्ना खुबीहरु दर्शक माझ पस्किरहेका हाङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
एकपछि अर्को गर्दै लगातार म्युजिक भिडियो हरु दर्शक श्रोता माझ कोरिया बाट पस्किरहेका एक सफल निर्देशक हुन हाङ चेम्जोङ। दक्षिण कोरिया को एक मात्रै नेपाली भाषी अन्लाईन रेडियो का स्टेसन म्यानेजर समेत रहेका हाङ चेम्जोङ VJ पनि गर्दछन । कोरिया का विभिन्न ब्याक्तित्व हरुलाइ अन्तरबार्ता लिएर दर्शक दिर्ग सम्म उहाहरुको कुरा पुराउने…