Browsing Category

समाचार

किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समिति पुनर्गठन

काठमाडौं, २५ फागुन - किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समिति पुनर्गठन गरिएको छ । काठमाडौंको बत्तिसपुतलीमा आयोजित राई पत्रकारहरुको भेलाले प्रकाश चाम्लिङको अध्यक्षता समिति पुनर्गठन गरेको हो । चाम्लिङ यसअघि पनि समिति अध्यक्ष थिए । भेलाले पुनः उनकै अध्यक्षतामा समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्र जिजीबिषा, सचिवमा झिलकुमार राई, सहसचिवमा श्याम राई र कोषाध्यक्षमा रोमनी राई छन् भने अन्य सदस्यहरुमा चन्द्रकला राई, जेनी राई, धिरेन राई, सिन्डी राई र नविन राई लगायत छन् । किरात राई पत्रकार संघका अध्यक्ष, भिम…

नायिका तथा मोडेल रिया श्रेष्ठले आफ्नो जन्मदिन बाराको महोत्सवमा मनाउने

काठमाडौ - मोडेल तथा नायिका रिया श्रेष्ठको आज जन्म दिन परेको छ | अन्तराष्ट्रिय नारि दिवसकै दिन जन्मिएकी रिया श्रेष्ठ आफ्नो जन्म दिन बाराको जितपुरमा आयोजना हुने कार्यक्रम "दोश्रो जीतपुर बृहत खेलकुद, सास्कृतिक एवं व्यापार मेला २०७५" मा मनाउने भएकी छन् | आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा मोडेल तथा नायिका रिया श्रेष्ठले बताएकी हुन् | मोडेल तथा नायिका रिया श्रेष्ठको अलावा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । मोडेल तथा नायिका श्रेष्ठको अलावा एक दर्जन भन्दा बढि स्थानिय तथा राष्ट्रिय कलाकारहरुको…

किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निश्चित

धरान, २१ फागुन - किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निश्चित भएका छन् । धरानमा जारी यायाेक्खाकाे १०औं राष्ट्रिय महाधिवेशनकाे चाैथाे दिन आज भएकाे निर्वाचन प्रकृया र उम्मेदवारी मनाेनयनमा अध्यक्ष पदका लागि दिवस राईकाे मात्रै उम्मेदवारी परेकाे थियो । यसअघि गेन राई र जीवन हाताचाे राईले पनि दाबी गरेका थिए । अन्य पदमा भने प्रतिस्पर्धा हुने देखिएकाे छ । पाँच जना उपाध्यक्षमा भने आठ जनाको उम्मेदवारी परेकाे छ । यादव बान्तावा राई, तिलकप्रसाद राई, टिकासरि राई, सर्वधन राई, राकेश राई, गेनबहादुर राई, जीवन हाताचो राई र पारसमणि राईले…

चलचित्र ‘गरिबी’ युटुुबमा

काठमाडौँ, २१ फागुन २०७५ / नेपाली चलचित्र ‘गरिबी’ युटुबमा सार्वजनिक भएको छ । गरिबीको रेखामुनि अभावको जिन्दगी जिउन विवश परिवारको कथामा आधारित यस चलचित्रमा सुरवीर पण्डित, शीतल केसी, सन्तोष केसी, उमेश कार्की, दीपा मगर, प्रजिना पन्त, निर्मला श्रेष्ठ, दिलिप हमाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन उमेश कार्कीले गरेका छन् । मनोज राईको छायाङ्कन रहेको चलचित्र ‘गरिबी’ दिवाज् फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्माता दीपा र प्रजिना रहेका छन् । युटुबमा अपलोड भएको छोटो समयमै चलचित्र हेर्ने दर्शकको…

अर्को जनआन्दोलनबाट ओली सरकारको बिदाई गर्ने क्रान्तिकारी माओवादीको तयारी

लोकराज जैसी / विरगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टी निकटका विभिन्न मोर्चा र संघ, संगठनहरुलाई वर्तमान संसदीय व्यवस्था र त्यसको रक्षा कवजको रुपमा देखिएको ओली सरकारको बिदाई गर्न तेश्रो जनआन्दोलन गर्न निर्देशन गरेको छ । पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चाले देशव्यापी रुपमा सञ्चालन गरिरहेको मेची महाकाली अभियानको क्रममा विरगञ्ज पुगेको अभियान टोलीले आज पत्रकार महासंघको सभा हलमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत त्यस्तो बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा मोर्चाका…

जेष्ठ नागरिकमाझ प्रजातान्त्रिक योद्धाको ११०औँ जन्मजयन्ती

आज २०७५ फागुन १८ गते वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्ती काठमाडौँ रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकमाझ मनाइएको छ । आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालले परोपकारी कार्यमा समर्पित श्रेष्ठको आश्रममा आश्रित जेष्ठ नागरिकका साथमा प्रजातान्त्रिक योद्धा राईको ११०औँ जन्मजयन्ती मनाइनु सार्थक कार्य भएको बताउनुभयो । उहाँले राईले नेपालको…

चिनियाँ राजदूत नेपाल प्रज्ञा–प्रतिष्ठानमा

काठमाडौ - मिति २०७५ फागुन १७ गते शुक्रवारका दिन नेपालका लागि जनवादी गणतन्त्र चीनकी महामहिम राजदूत श्री Hou Yanqi र नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूबिच काठमाडौँ, कमलादीस्थित प्रज्ञा भवनमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र चीन दुई देशबिच प्राज्ञिक तथा सांस्कृतिक सम्बन्ध विस्तारबारे छलफल भयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महामहिम राजदूत ज्यग थ्बलत्रष् लाई स्वागत गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रतिष्ठानले गरेका प्राज्ञिक गतिविधिबारे प्रकाश पार्नुभयो । कुलपतिले नेपाल र चीनबिच निकै पुरानो…

नेता सीपी गजुरेलको प्रश्नः कता गयो हाम्रो दश हजार १९ वर्ग किलोमिटर जमिन ?

लोकराज जैसी / सर्लाही । मुलुकमा राष्ट्रियताको अवस्था विकराल बन्दै गएको बेला त्यसप्रति राज्य मौन देखिनुले आफुलाई आश्चार्य लागेको एक जना माओवादी नेताले सर्लाहीको एक कार्यक्रममा बताए । उनले मुलुकको राष्ट्रियता दिन प्रतिदिन कमजोर बन्दै गएको र सीमा क्षेत्रमा भारतीय पक्षबाट अतिक्रमणको प्रयास भैरहेको भन्दै चिन्ता व्यक्त गरे । आधा महिना लामो अवधीको लागि मेची महाकाली जनजागरण तथा परिचालन अभियान लिएर मुलुकका चार स्थानहरुबाट एकै साथ अघि बढेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का…

जनगणतान्त्रीक मोर्चा, नेपालको जलेश्वरमा पत्रकारहरुसँग भेटघाट

महोत्तरी - देशव्यापी मेची महाकाली अभिनयाको क्रममा रहेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको हिजो साँझ धनुषाबाट महोत्तरी पुगेको टोलीले जलेश्वरमा आज पत्रकारहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ । देशभक्त जनगणतान्त्रीक मोर्चा नेलालले महोत्तरीको जलेश्वर स्थित नेपाल पत्रकार महासंघको सभाहलमा उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सरकार राष्ट्रघात, जनघातको दिशामा अघि बढेको बताए । मोर्चाका अध्यक्ष गजुरेलले मुलुकमा बढ्दो मंहगी, कर, सामाजिक अपराध र भ्रष्टाचारका घटनाहरुले उसको…

मेलिना राई र हसन राईको ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजानिक

काठमाडौं - चर्चित गायिका मेलिना राई र गायक हसन राईको स्वरमा ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । काठमाडौ स्थित नयाँ बानेश्वरमा एक कार्यक्रम गरेर उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको हो । गीतकार बचन राईको शब्द रचनामा रहेको उक्त गीतलाई चर्चित गायक तथा संगीतकार रोशन राई "पालुवा स्टार" ले संगीत भरेका छन् भने फणिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाईएको छ । बिकास लामिछाने र सुप्रिया कटुवालको मुख्य अभिनय रहेको म्युजिक भिडियोलाई टंक केसीले छायांकन र विकास…