शान्तिराज राई र निशा लिम्बुको अभिनयमा “तारेभिर” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गीतकार ममता राई "यात्री"को शब्द रचनामा "तारे भिर " बोलको पुर्बेली गीत सार्वजनिक भएको छ। अत्यान्तै राम्रो शब्द शिल्पी खिपेर लेखिएको यो गीतमा कृष्णभक्त राई र सुनिता थेगिमले स्वर दिएका छन् भने संगीत संयोजन गायक स्वयम् कृष्णभक्त राईले नै गरेका हुन् ।
शान्तिराज राई र निशा लिम्बुको अभिनय रहेको यो गीतको म्युजिक भिडियो गीतकार ममता राईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शान्तीराज राई मिडियाककर्मी पनि हुन् ।
सञ्चारकर्मी इन्द्र जिजीविषाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई मोहनकुमार झिल्लुले छायांकन गरेका…