0 1,104

काठमाण्डौ – गीतकार मिरा देवी राईको शब्द रचनामा “साँझ ढल्यो” बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक राम कृष्ण ढकालको स्वरमा रहेको यो गीतलाई चर्चित गायक तथा संगीतकार रोशन राई “पालुवा स्टार” ले संगीत गरेका छन् भने पदम राजन मगरले एरेन्ज गरेका हुन्।

मुस्कान मुकारुङ्गले मिक्सिङ्ग गरेको यो गीत गीतकार मिरा देवी राईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

ठमेलको बजारमा, तिमीलाई पाएँ, धड्कन, पानीमा टेकेछुनि, डिस्को पार्टि, कोहि मान्छे, मायाले बोलायो लगायत दर्जनौ गीतहरु बजारमा आई सकेका छन्।

मिरा देवी राई गीतकार मात्र नभई एक राम्रो गायिका पनि हुन्। उनको स्वरमा रहेको “ठमेलको बजारमा” दर्शक स्रोताहरुले अत्याधिक मन पराएको गीत हो।

गीत यहाँ हेर्नुहोला

Loading...