सुमन राई र मेलिना राईको स्वरमा, भीमफेदी गाईजको अभिनय रहेको “बुट्टे चोली ” सार्वजनिक
काठ्माण्डौ – चर्चित गायक सुमन राई र चर्चित गायिका मेलिना राईको स्वरमा “बुट्टे चोली ” बोलको गीत सार्वजनिक भएको छ। “बुट्टे चोली” बोलको डान्सिङ्ग बिटमा रहेको यो गीतको शब्द रचना गीतकार राम शोभा राईले गरेकी हुन्।
गायक सुमन राईकै संगीत रहेको यो गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । सुवास कुथुमीले रेकर्ड गरेको यो गीतलाई गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् ।
भीमफेदी गाईज र अनुशा राईको अभिनय रहेको यो गीतको म्युजिक भिडियो अत्यान्तै राम्रो बनेको छ । गोदावरी आसपासमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायांकन गरेका हुन् भने सम्पादन पनि पवनले नै गरेका हुन्। यो गीतको म्युजिक भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् ।
चर्चित गीतकार रामशोभा राईले अन्य धेरै गीतहरुको पनि शब्द रचना गरेर रेकर्ड गराई सकेकी छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला