शान्तिराज राई र निशा लिम्बुको अभिनयमा “तारेभिर” बोलको म्युजिक भिडियो सार्वजनिक

0 1,205

काठमाडौं । गीतकार ममता राई “यात्री”को शब्द रचनामा “तारे भिर ” बोलको पुर्बेली गीत सार्वजनिक भएको छ। अत्यान्तै राम्रो शब्द शिल्पी खिपेर लेखिएको यो गीतमा कृष्णभक्त राई र सुनिता थेगिमले स्वर दिएका छन् भने संगीत संयोजन गायक स्वयम् कृष्णभक्त राईले नै गरेका हुन् ।

शान्तिराज राई र निशा लिम्बुको अभिनय रहेको यो गीतको म्युजिक भिडियो गीतकार ममता राईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शान्तीराज राई मिडियाककर्मी पनि हुन् ।

सञ्चारकर्मी इन्द्र जिजीविषाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई मोहनकुमार झिल्लुले छायांकन गरेका हुन् भने नृत्यनिर्देशन दिनेश माङ्मु, सम्पादन अनिकुमार महर्जनले गरेका छन् ।

अमेरिकामा बस्दै आएकी ममता राईले यो भन्दा अगाडि पनि थुप्रै गीतहरुको शब्द रचना गरेर बजारमा ल्याई सकेकी छिन् भने ममता फाउण्डेसन मार्फत समाजसेवा पनि गर्दै आएकी छन्। यो म्युजिक भिडियोमा श्रींगार मोडेल सिता राईले गरेकी हुन्।

गीत र भिडियो यहा हेर्नुहोला

Loading...