“तल्लो गाउँले कान्छी मैया”मा शिवदाश गुरुङ र कुशुम गुरुङ

0 1,507

काठमाडौ – गीतकार रामप्रसाद गुरुङ्गको शब्द रचनामा “तल्लो गाउँले कान्छी मैया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नन्दु गुरुङ र ममता गुरुङ्गको स्वरमा रहेको उक्त गीत युट्य़ुब मार्फत सार्वजनिक भएको हो । गायिका ममता गुरुङ नेपाल आईडल सिजन ३ को टप ९ गायिका पनि हुन् ।

रामप्रसाद गुरुङको शब्द रचनालाई टम्पसेर राईले संगीत गरेका छन् भने एरेन्ज आमोस तमाङ्ग र मिक्सिङ्ग मास्टरिङ्ग किशोर थापाले गरेका हुन्।

यो गीतको म्युजिक भिडियोमा शिवदाश गुरुङ र कुशुम गुरुङले लिड रोलमा अभिनय गरेका छन् । म्युजिक भिडियोलाई शिवदाश गुरुङले नै कोरियोग्राफी एवम् निर्देशन पनि गरेका छन् । शिवदाश गुरुङ्गको यो भन्दा अगाडी पनि धेरै म्युजिक भिडियो बजारमा आईसकेका छन्।

म्युजिक भिडियोलाई वासु बरालले छायांकन गरेका हुन् भने, विकास ज्ञवालीले सम्पादन गरेका हुन् । शृंगार पुनम गुरुङ्गले गरेकी हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...