नयाँ मालश्री धुन सार्वजानिक
काठमाडौ – नजिकै आउदै गरेको बडा दशैलाई लक्षित गर्दै नयाँ मालश्री धुन सार्वजानिक गरिएको छ । जेनेक्स मिडिया मार्फत नयाँ मालश्री धुन बजारमा आएको हो । यो मौलिक नेपाली लोक धुन हो ।
सार्वजनिक नयाँ मालश्री धुनलाई एरेन्ज इश्वर जोशी र आनन्द बज्राचार्यले गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग बिरेन्द्र शाक्यले गरेका हुन् । सुजन बज्राचार्य, राजु महर्जन, किशोर कुमार शाही, तिर्थ अवाले “कुमा” पुजन श्रेष्ठ, सुरज माली, सुजन शाक्य “बज्राचार्य” रचु शाक्य, मुना महर्जन , अगिना तन्डुकार “शाही” र बाल कलाकारमा सुरेज्ञा बज्राचार्य, सुअन शाक्य, सुफी शाही, कृतिना सिल्पकारले अभिनय गरेको नयाँ मालश्री धुनको भिडियोलाई अनिल कुमार महर्जनले निर्देशन, सम्पादन र कलरिङ्ग पनि गरेका हुन् । भिडियो निर्देशनमा अनिल कुमार महर्जनलाई सुजन बज्राचार्य “खोपे” ले साथि दिएका छन्। यो भिडियोलाई मोहन कुमार “झिल्लु”ले छायांकन गरेका हुन् भने शान्ति महर्जनले निर्माण गरेकी हुन्।
भिडियो यहाँ हेर्नुहोला
मालश्री धुन
दशैंका बेलामा बजाइने मालश्री धुनको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषता छ । मालश्री धुन दशैंलाई स्वागत गर्न बजाइन्छ । मालश्री धुनले नयाँ यामको शुरुवात भएको आभाष दिलाउँछ । मालश्रीलाई सुख, शान्ति र समृद्धिको प्रतिक पनि मानिन्छ । र, यो धार्मिक उपासनाको ज्योति फैलाउने माध्यम पनि हो । त्यसै पनि हिन्दु संस्कृतिमा संगीत भन्नाले धार्मिक उपासनाका लागि प्रेरित गर्ने माध्यम मानिन्छ ।
बडादशैंका १५ दिनमा यो सुरिलो धुन बजाउने गरिन्छ । मालश्री धुन ,माल अर्थात बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पती, धनधान्य आदि बुझिन्छ । संस्कृतमा मालश्रीको ‘माल’ भन्नाले आमा बुझिन्छ भने श्री भन्नाले श्रीयन्त्र भन्ने बुझिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसंग छ ।
करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो धुनको उत्पत्ती भएको मानिन्छ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६ औं शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो ।
साढे चार सय वर्षदेखि सुनिदै र बजाइदैं आएको यो धुनले अहिलेसम्म निरन्तरता पाइरहेको छ । धेरैले यो धुनलाई भारतको भारतखण्ड शास्त्रीय संगीतबाट आएको भन्छन् । तर यो धुनको आफ्नै मौलिकता छ । यो धुन पूर्ण रुपमा नेपालमै सिर्जना भएको संगितज्ञहरुको दाबी छ । यो धुनमा सप्त मात्रिकाको गुणगान छ ।
भिडियो