ग्रीनविच भलिबल परिवार लण्डनको अर्को पुण्य काम..
काठमाडौंको गोकर्ण स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको आश्रममा बसोवास गर्नुहुने स-साना अपाङ्ग भाइ बहिनीहरूलाई यस कोरोना महामारी बढेसँगै गास,बास,कपासमा अलिकति भयपनि केही सहज होस भनि हाम्रा क्लबका उपसचिव तथा एक जुझारू खेलाडी श्री कर्म पहाडी शेर्पा ज्यूको संयोजकत्वमा ग्रीनविच भलिबल परिवार लण्डनले नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष डेमा छिरिङ शेर्पाज्यू द्वारा £२१०(रु ३१,०६०.३५) हस्तांतरण गरेको छ।
यस अभियानलाई साथ र समर्थन गर्नुहुने संपूर्ण जि.भि.पीका सदस्य साथीहरूलाई धेरै धेरै धन्याबाद।

जय ग्रीनविच भलिबल परिवार
रबिन्द्र रोका मगर
अध्यक्ष