“नागबेली चुल्ठोमाथि” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – सामाजिक संजालमा भाईरल बनेका गायक नितेश राईको स्वर रहेको “नागबेली चुल्ठोमाथि” बोलको गीत सार्वजनिक भएको छ।
नितेश राईको सांगीतिक जीवनकै पहिलो गीत “नागबेली चुल्ठोमाथि” को शब्द-संगीत शिवसंगम राईको रहेको छ । सुन्दर लामाले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग पनि उनैले गरेका छन् ।
यो गीतको म्युजिक भिडियोमा गायक स्वयं नितेश राई र अर्का यूट्युवबाटै भाइरल बनेकी गायिका बिम्बु मगरको साथमा नीराज मगर र अविशा राईले अभिनय गरेका छन् । शुवास राईले छायांकन तथा सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई शुवास शंकर र सागर श्रेष्ठले संयुक्त रुपमा निर्देशन गरेका हुन्।
यो भन्दा अगाडि पनि शिवसंगम राई र दिपक राईको पहलमा नितेश राईको दुईवटा गीतहरु रेकर्ड भईसकेका छन् । नितेश राईको दोस्रो गीत “यो मन तिम्रै यो ज्यान तिम्रै” को स्टूडियो भिडियो यो भन्दा अगाडि नै नेपाली संगीत घर यूट्युव च्यानलबाट बजारमा आईसकेको छ । जुन गीतको शब्द कल्पना सापकोटाको रहेको थियो भने संगीत शिव संगम राईकै रहेको थियो । उक्त गीत युट्युबम लाखभन्दा बढिले हेरिसकेका छन्। यसै गीतमा नितेश राईले पहिलो पटक मेलिना राईसंग द्वैट गाउने अवसर पाएका थिए ।
नितेश राईकोस्वर रहेको गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला
नितेश राईकै अर्को गीतको म्युजिक भिडियो