अम्बर चाम्लिङको “सोचेको थिएँ जिवनमा मैले” बोलको गीत सार्वजनिक
काठमाडौ – गीतकार अम्बर चाम्लिङको “सोचेको थिएँ जिवनमा मैले” बोलको गीत सार्वजनिक भएको छ । खोटाङको नुनथला हाँबुमा जन्मिएर गीति लेखन क्षेत्रमा लागेका हुन् गीतकार अम्बर चाम्लिङ ।
मेघा स्टार राजेश पायल राईको स्वर रहेको यो गीतलाई वरिष्ठ संगीतकार शिव संगम राइले संगीत गरेका छन् । यो गीत गीतकार चाम्लिङको आफ्नै वास्तविक जीवनको भोगाई अनि उतर चढाबलाई गीति रुप दिएको गीतकारले हामीलाई बताएका छन् ।
सुन्दर लामाले संगीत संयोजन गरेको यो गीतलाई त्रीताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। लिप सिङ्ग भिडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियोलाई महेश महराले छायांकन र सम्पादन गरेका हुन् ।
भिडियो यहाँ हेर्नुहोला