युवा गीतकार लवजित आस्मिल राईको “हेरिरह्यौ तिमीले” सार्वजनिक

0 1,278

काठमाडौ – गीतकार लवजित आस्मिल राईको “हेरिरह्यौ तिमीले” सार्वजनिक भएको छ। नेपाली संगीत घर युट्यूव च्यानलबाट सार्बजनिक भएको यस गीतमा शिवसंगम राईको संगीत,महागायक राजेश पायल राईको स्वर र सुन्दर लामाको एरेन्जमेन्ट रहेकोछ भने गायक स्वयंले गीतमा लिपसिंक गरेका छन्।

खोटाङ दिक्तेल,रुपाकोट मझुवागढी नगरपालीका वडा नं.१३ नुनथला खर्क टोलमा आमा देशमाया राई र आपा मधुबर राईको कान्छो सुपूत्रको रुपमा जन्मेका गीतकार लवजित आस्मिल राई घर परिवारको सांगीतिक र साहित्यिक वातावरणले गर्दा सानैदेखि गीत-संगीत तिर हौसिए र सिर्जना गर्न थाले ।

गीतकार लवजित आस्मिल राई स्वयं राम्रो संगीत गर्ने र गाउने क्षमता राखे पनि बढी चाहिँ गीत लेखनमा नै आफू रमाएको बताउछन्।

वि.सं.२०७२ सालमा खोटाङ नुनथला जालपा मा.वि.ले बालदिवसको अवसरमा आयोजना गरेको जिल्लाव्यापी खुल्ला वालगीतप्रतियोगितामा शब्दरचना तर्फ अत्कृष्ट पुरस्कार हात पारेपछि गीत रचना तर्फ झन् उत्साहित भएको कुरा उनी बताउछन्।

आस्मिलले हालसम्म लगभग दुई दर्जन गीत लेखिसकेका छन् भने दुई गीत अगाडि नै रेकर्ड भइसकेको छ।

अचेल नेपाली संगीतको बजारमा राम्रा गीग-संगीतको खडेरी परेको बेला यो गीत निकै नै राम्रो,सुमधुर र कर्णप्रिय बनेकोछ।

Loading...