लिम्बु भाषाको लघु चलचित्र “निङ्गवासुम”को लोकार्पण
काठमाडौ - लिम्बु भाषाको लघु चलचित्र "निङ्गवासुम"को विमोचन गरिएको छ । रिता फोम्बो ठूलिको रचना, स्वर तथा अभिनय र सुर्य खापुङ्गको प्रस्तुतीमा लिम्बु गीति लघु चलचित्र "निङ्गवासुम"निर्माण गरिएको हो । पुरानो कुराहरुलाई याद गराउने वा सम्झना भन्ने अर्थ बुझाउने "निङ्गवासुम" लिम्बु संस्कार संस्कृतीमा आधारित रहेको छ ।
पछिल्लो समयका भाईरल बालकलाकारहरु मनिष लिम्बु र माङ्गेना लिम्बु, सुहाङ्ग लिम्बु, सबनम लिम्बु, मनु लिम्बु, सुर्य खापुङ्ग, चपेटीको आमा लगायतले अभिनय गरेको लघु चलचित्र "निङ्गवासुम" प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति,…