रेखाको सुन्दरता छल्कियो तस्विरमा

नायिका रेखा लिम्बुको भिडियो सहितको तस्विरहरु

0 2,193

ईन्द्र जिजीबिषा / काठमाडौ – नेपाली चलचित्र क्षेत्रमा एक्सन नायिकाको रुपमा स्थापित भएकी छन् कलाकार रेखा लिम्बु । नेपाली कथानक चलचित्र “तारेभिर” बाट डेब्यु गरेकी नायिका रेखा लिम्बु अहिले नेपाली कथानक चलचित्र “एउटा यस्तो प्रेम कहानी” मा व्यास्त रहेकी छन् ।  रेखा लिम्बुको खास वास्तविकता हेर्न यहाँ यो निलो अक्षरमा क्लिक गर्नुहोला 

धरानमा हुर्की बढि त्यहि पढेकी रेखा लिम्बु विभिन्न Beauty pageant , फेशन शोमा सहभागी हुदै, मिस लिम्बु २०१२ मा सहभागी भएर एउटा टाईटल अवार्ड पनि जितेकी थिईन् ।

चलचित्र “तारेभिर”को लागि बिशेष तालिमबाट नेपाल सितोरियो कराते / मार्शल आर्टमा ब्ल्याक बेल्ट लिएकी नायिका रेखा लिम्बुले चलचित्र “तारेभिर” मा निक्कै उत्कृष्ट एक्सन देखाएकी थिईन् ।

कलाकारिता, अध्ययनको अलावा व्यापारमा पनि आवद्ध छिन् कलाकार रेखा लिम्बु । आर स्क्वायर बुटिक फेशन कलेक्सनलाई आफ्नो सहोदर दिदी संग मिलेर संचालन गरिरहेकी रेखा लिम्बु भने ब्यापार व्यावसाय भन्दा कलाकारिता तिर व्यास्त छिन् । आर स्क्वायर बुटिक फेशन कलेक्सन धरानबाट संचालन भएपनि काठमाडौमा पनि चाडै शाखा बिस्तार गर्ने योजना रहेका छन् रेखा दिदी बहिनि ।

फेब्रवरी १५ मा जन्मिएकी रेखा अति सरल र मिजासिली पनि छन् । साधरण casual ड्रेस लगाउन मन पराउने रेखा, खानामा त्यस्तो खासै चुजी नरहेको बताएपनि उनलाई चाईनिज डिस खास लाग्छ ।

आफ्नो मौलिक चाड पर्वहरुमा भरपुर रमाउने रेखालाई आफ्नो लिम्बु संस्कार संस्कृती अत्यान्तै प्यारो लाग्छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखा राम्रो कथा वस्तु भएको चलचित्रमा अभिनय गर्ने आफ्नो चाहना भएको बताउछिन् ।

rekha limbu 1“तारेभिर” पनि आफूलाई मन परेको र अहिलेको “एउटा यस्तो प्रेम कहानी” पनि निक्कै नै राम्रो कथावस्तुमा तयार हुदै गरेको बताउछिन् । त्रिकोणात्मक कथामा आधारित रहेको चलचित्र “एउटा यस्तो प्रेम कहानी” ले दर्शकहरुलाई केहि नयाँ स्वादको साथमा भरपुर मनोरन्जन दिने बताउछिन् नायिका रेखा लिम्बु ।

rekha limbuसधै आफूले दर्शक स्रोताहरुको चाहना अनुरुप काम गर्दै जाने र दर्शक स्रोताहरुको मायाले नै आज यहाँ सम्म आफू आई पुगेको बताउछिन् रेखा लिम्बु । आफू कहिल्यै पनि घमण्ड नगर्ने र समय परिस्थिति अनुसारको काम गर्दै अगाडि जाने बताउछिन् ।

Loading...