स्मार्ट माइक्रो रिसर्च गोदावरीमा बहुभाषिक कविता गोष्ठी तथा अन्तरक्रिया

0 878

 

ललितपुर – नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा स्मार्ट माइक्रो रिसर्चले आयोजना गरेको ‘बहुभाषिक कविता गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रममा लेखकहरुको उपस्थितिमा बुधबार गोदावरीस्थित वृन्दावन रिसोर्टको माहौल साहित्यिक–साङ्गीतिक बन्यो । कार्यक्रमको सुरुमा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । चाम्लिङको टिप्पणीमाथि डा.भक्त राईले टिप्पणी गरे ।

त्यसपछि सुरु भएको बहुभाषिक कविता गोष्ठीमा स्वप्निल स्मृति, चन्द्र रानाहोछा, सोझो गाउँले, साङ्केन बान्तावा, बिना थिङ, विष्णु नेम्बाङ, जानुका राई, उदिम किराती, मनिसा राई लगायतले आआफ्नो मातृभाषामा कविता सुनाए ।

कार्यक्रमको अन्तिममा बोल्दै विशेष अतिथि प्राज्ञ मातृका पोखरलेलले मातृभाषाहरुको सम्वर्द्धन र संरक्षणमा राज्यको पर्याप्त ध्यान नपुगेको बताए । प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले थोरै तर प्रतिनिधि स्रष्टाहरुको सहभागीताले कार्यक्रम विशेष भएको बताए । स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष कवि बम बानियाँले आफ्नो संस्थाले आगामी दिनमा गहन अध्ययन अनुसन्धका कार्यहरु गर्ने जानकारी दिए ।

कार्यक्रममा राससका सम्पादक तीर्थ भट्टराई, सङ्गीतकार शान्तिरामा राई, गीतकार शुभ मुकारुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमपछि सहभागी कविहरुले एकपछि अर्को गीत सुनाउँदा कार्यक्रम साङ्गीतिक माहौल बनेको थियो ।

अलग आर्ट हवको सहयोगमा

Loading...