महासंघको निर्वाचनमा चौध हजार संचारकर्मीहरु सहभागी हुने
बिचारी चाम्लिङ /काठमाडौ, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन जति जति नजिकिदै छ त्यति त्यति चुनावी सरगर्मी दिनानुदिन बढिरहेको छ। निर्वाचन तालिका अनुसार उम्मेद्बारको अंतिम नामावली मनोनयन आजै १0 बजे देखि ४ बजे सम्म गरिने छ भने उम्मेदवारको दाबी विरोध भोलि बिहान ४ देखि बेलुकी सम्म हुने बताईएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत्र महिनाको चौध गते बेलुकी ५ बजे सम्म तोकिएको छ।
सबै साधारण सदस्यहरुले केन्द्र,प्रदेश र जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुका लागि मतदान गर्ने छन् । मतदाताहरुले स्वयं सदस्य रहेको शाखामा नै मतदान गर्न पाउने छन् ।केन्द्रिय निर्वाचन समितिको कार्यलय महासंघको केन्द्रिय कार्यालय, मिडिया भिलेज सिनामंगल स्थित रहने छ।
एकाइ निर्वाचन समितिले प्रदेश,जिल्ला , प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धि सार्वजनिक गर्ने भनिएको छ। मनोनयन दर्ता लगायत प्रकृया सम्बन्धी ईकाईकै हुनेछन।