Browsing Category

ब्यानर न्युज

मेघना मगर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित मोडेल तथा कोरियोग्राफर मेघना मगर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। "पानि पर्यो" बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक प्रकाश लामा र लाक्पा शेर्पाको स्वरमा रहेको यो गीतको म्युजिक भिडियो निक्कै राम्रो बनेको छ । प्रकाश लामाकै शब्द संगीत रहेको यो गीतको एरेन्ज भने बोब्बी घोतानीले गरेका हुन् । ओम प्रसाईको छायांकन रहेको यो म्युजिक भिडियोमा मोडेल मेघना मगरले नै कोरियो ग्राफ पनि गरेकी छन् भने निशान घिमिरेले सम्पादन र ससान घिमिरेले निर्देशन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा मोडेल मेघना…

शर्मालाई ‘जसराज किराती प्रतिभा पुरस्कार’

काठमाडौँ - जसराज किराती प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ दाङकी लेखक तथा समालोचक डा. विन्दु शर्मालाई प्रदान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्मालाई माला, ताम्रपत्र र नगद रु. पचास हजार राशिको उक्त पुरस्कार हस्तान्तरण गरे । कुलपति उप्रेतीले संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र चयन गरेको बताए । उनले भने, ‘यसले पुरस्कारको गरिमा झनै बढाएको छ । पुरस्कृत…

साँच्चै भन्ने हो भने अहिले मुलुकमा प्रतिपक्ष दलनै छैन : सिपि गजुरेल

(नेकपा क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल विभिन्न कार्यक्रम सञ्चालन गर्दै अघि बढिरहेको छ । अहिले मोर्चाले पन्ध्र दिने मेची महाकाली राष्ट्रिय जनजागरण अभियान चलाउँदै छ । उक्त अभियानको क्रममा मोर्चा र पार्टीका नेताहरु फिल्डमा खटिएका छन् । फागुन ७ गतेबाट मुलुकका विभिन्न चार स्थानबाट उद्घाटन गरेर २१ गतेसम्म निरन्तर विविध कार्यक्रम सहित अभियान बढाउने मोर्चाको तयारी छ । उक्त अभियानको पूर्वी टोलीको नेतृत्व गर्न झापाको विर्तामोड पुगेका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक…

माघको कठाङ्ग्रिने ठण्डीमा राधा र रेवतले ततायो दिक्तेल

रामधन वेदना / खोटाङ माघ–२६ - मौसम खुल्ला थियो । दर्शक तथा सहभागी खचाखच थिए । कार्यक्रम वडो रौनकताका साथ अघि वढिरहेको थियो । नृत्य प्रस्तुत गर्नका लागि रंगीचंगी वनेका कलाकार टोलीहरुको चहलपहल बाक्लै थियो । विद्यालयको फराकिलो प्राङ्गण वरीपरी वृद्दवृदाको जमात ठूलो देखिन्थ्यो भने त्यस पछिको चौघेरामा अभिभावक तथा अन्य दर्शकहरु । माथिल्लो मैदानको डिल र विद्यालयको वार्दलीमा विद्यार्थीहरुको वर्चस्व थियो । प्रमुख अतिथि प्रतिनधिसभा सदस्य विशाल भट्टराई, बिशेष अतिथि पूर्व सांसद सरस्वती वजिमय लगायत जिल्लाका नेता, प्रमुख जिल्ला अधिकारी…

अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि एनईभीएसको सेवा काठमाडौ बाटै

विचारी चाम्लिङ्ग / काठमाडौ - उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि नेक्स्टर्म एजुकेसन सर्भिसले काठ्मडौको यति प्लाजा बाटै सेवा विस्तार गरिने जानकारी दिएको छ । काठमाडौ स्थित एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराए । नेक्स्टर्म एजुकेसन एवं भिसा सर्भिसका विशेषज्ञ केशव पहाडीले जानकारी दिएका थिए । विशेषगरी अष्ट्रेलियामा उच्च शिक्षा लिन जाने विद्यार्थीहरुको लागि यो एउटा कोशे ढुङ्गा सावित भएको जिकिर समेत पहाडीले गरे । नेक्स्टर्म एजुकेसन एवं भिसा सर्भिस संग आबद्ध कलेजहरु अक्सफोर्ड, नर्स ट्रेनिङ्ग…

कुलपति उप्रेती प्रबासी नेपाली साहित्यकारमाझ यूएईमा

दुबई, ५ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको विकासमा प्रवासी नेपालीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ । नेपाली दूतावासद्वारा युनाइटेड अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार आयोजित स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रममा बोल्दै उहाँले प्रवासी नेपालीले साहित्यको प्रवद्र्धनका अतिरिक्त आफू रहेको देशबाटै राष्ट्रियताको जगेर्ना गरेको भन्दै प्रशंसा गर्नुभयो । पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा एक सेमिनारमा सहभागी हुन इस्लामाबाद पुग्नुभएका कुलपति उप्रेतीसहितको…

भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक

काठमाडौ - भारतीय गायक सोहेल अजमतको पहिलो नेपाली गीत सार्वजनिक भएको छ । भारत नक्सालबारीका गायक अजमतको "रात अझै बाँकी छ" बोलको नेपाली गीत सार्वजनिक भएको हो । भारतमा जन्मिएर पनि नेपाली गीत-संगीतलाई धेरै माया गर्ने गायक अजमतले, भारतीय गीत- संगीतको क्षेत्र निक्कै नै फराकिलो हुदा हुदै पनि नेपाली गीत-संगीत आफूलाई मन पर्ने भएकोले नेपाली गीत रेकर्ड गराएको बताएका छन् । सार्वजनिक गीतमा स्वर,संगीत र शब्द रचना पनि गायक सोहेल अजमतकै रहेको छ । केबी भण्डारीले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग भने सन्तोष पौडेलले गरेका हुन् ।…

सेक्युरिटीवाली हेमा राई अभिनित म्युजिक भिडियो सार्वजनिक

ईन्द्र जिजीबिषा / काठमाडौ - पछिल्लो समयमा चर्चाको शिखरमा रहेकी सेक्युरिटीवाली हेमा राई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा समाजसेवी जितेन बन्तावाको स्वरमा रहेको "आमा" बोलको म्युजिक भिडियोमा चर्चित सेक्युरिटीवाली हेम राई र अर्का चर्चित मोडेल तथा हास्यकलाकार उमेश राईले अभिनय गरेका छन् । प्रतिमा गुरुङको शब्द रचना रहेको यो गीतमा गायक जितेन बान्तावाले नै संगीत पनि गरेका छन् भने गायक तथा संगीतकार पावल चाम्लिङ्गले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा आमाको माया, अपार, अटुट र अविरल हुन्छ भन्ने…

प्रमोद चाम्लिङ्ग र “निश्चल” जसुको “पुवैको मारुनी राम्रो” बोलको गीत सार्वजनिक

काठमाडौ - गायक तथा साहित्यकार प्रमोद चाम्लिङ्ग र "निश्चल" जसुको स्वरमा अत्यान्तै मिठो पूर्वेली भाका "पुवैको मारुनी राम्रो" बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा पूर्वेली लोक भाकाहरु सिमित मात्रामा आई रहेको अवस्थामा गायक तथा साहित्यकार प्रमोद चाम्लिङ्ग र "निश्चल" जसुले यो गीत लिएर बजारमा आएका हुन् । विगत लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा प्रवासी भूमिमा रहेका गायक प्रमोद चाम्लिङ्ग आफैले यो गीतको शब्द रचना पनि गरेका हुन् । यो गीतको संगीत भने संगीतकार राज रोबर्ट अजनवीले गरेका हुन् । संगीतकार अजनवी पनि लामो समय सम्म…

अर्जुना राई र शुभम राईको “सम्झनामा आई रन्छौ” बोलको गीत सार्वजनिक

काठमाडौ - गायिका अर्जुना राई र गायक शुभम राईको स्वरमा "सम्झनामा आई रन्छौ" बोलको नयाँ पूर्वेली गीत सार्वजनिक भएको छ । प्रेमिल भावमा रहेको यो पूर्वेली लोक गीतमा, गाउँ घरमा घाँस काट्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ । यो गीत लोक लयमा भए पनि, डान्सिङ्ग बिटमा तयार भएको यो गीतले धेरैलाई नचाउन सक्ने बनेको छ । ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको यो गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन /कम्पोज गरेका हुन् । चलचित्र "मट्टिमाला" मा संगीत गरेर चर्चाको शिखरमा पुगेका संगीतकार सुमन राई पछिल्लो समय निक्कै व्यस्त संगीतकारको रुपमा…