अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि एनईभीएसको सेवा काठमाडौ बाटै
विचारी चाम्लिङ्ग / काठमाडौ – उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि नेक्स्टर्म एजुकेसन सर्भिसले काठ्मडौको यति प्लाजा बाटै सेवा विस्तार गरिने जानकारी दिएको छ । काठमाडौ स्थित एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराए ।
नेक्स्टर्म एजुकेसन एवं भिसा सर्भिसका विशेषज्ञ केशव पहाडीले जानकारी दिएका थिए । विशेषगरी अष्ट्रेलियामा उच्च शिक्षा लिन जाने विद्यार्थीहरुको लागि यो एउटा कोशे ढुङ्गा सावित भएको जिकिर समेत पहाडीले गरे ।
नेक्स्टर्म एजुकेसन एवं भिसा सर्भिस संग आबद्ध कलेजहरु अक्सफोर्ड, नर्स ट्रेनिङ्ग अष्ट्रेलिया, चार्ल्स डार्विन युनिभर्सिटी, सिड्नी सिटि, ईटिए , टोरेन्स युनिभर्सिटि , युएनसी, किंग्स फोर्ड, हर्वोर कलेज, अष्ट्रेलिया इन्स्च्युट अफ बिजिनेस एण्ड टेक्नोलजी, चार्ल्स डार्विन युनिभर्सिटि, प्यासिफिक कलेज अफ टेक्नोलोजी, फेडेरेसन युनिभर्सिटि लगायतका कलेजहरु रहेका जानकारी गराईएको थियो ।
अष्ट्रेलियामा अध्यायन गर्न तथा वसोवास गर्दा के कस्तो तयारी गर्नु पर्छ भन्ने बारे समेत उक्त सम्मेलनमा प्रकाश पारिएको थियो । अष्ट्रेलिया जान चाहनेहरुको लागि उचित परामर्श र तयारी बारे समेत पत्रकारहरुले सोधिएको प्रश्नबारे जवाफ दिएका थिए । विगत चार वर्ष अगाडिदेखि पोखरा चितवन, बिराटनगर बाट विद्यार्थीहरुलाई स्थाई वसोवास बारे सेवा प्रदान गर्दै आईरहेको नेक्स्टर्म एजुकेसन एवं भिसा सर्भिस काठमाडौ बाट नै उक्त सेवाहरु प्रदान गरिने जानकारी दिए ।
नेक्स्टर्म एजुकेसनका भिसा सर्भिस काठमाडौका प्रबन्ध निर्देशक प्रमेश कुवरले विद्यार्थीहरुका लागि उचित शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिए । स्मरण रहोस, कुवर विगत एक दशक देखि जापानका गुणस्तरीय कलेजहरुमा राम्रा विद्यार्थीहरु पठाई शिक्षा सेवा प्रदान गर्दै धेरै भन्दा धेरै अनुभव बटुली सकेका दक्ष एवं अनुभवी कन्सुलर हुन् ।