Browsing Category

ब्यानर न्युज

खुकुरी नचाएर विश्व रेकर्ड राख्दै भोजपुरका किरण राई (भिडियो सहित)

काठमाडौ - भोजपुरका किरण राई गिनिज बुक अफ द वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन लागि परेका छन् । नाङ्गो हातले धार सहितको नाङ्गो खुकुरीलाई कलात्मक ढंगले नचाउने किरणले नाईन स्टिक तिब्र गतिमा खेलाउनुको साथै लठ्ठिहरु पनि खेलाउने गरेका छन् । सुरुमा मार्शल आर्ट सिकेका राईले आफ्नै शैलीमा फरक देखाउने उदेश्यले खुकुरी नचाउन सुरु गरेका हुन् । "मार्शल आर्ट त धेरैले गर्छन्, तर आफूमा केहि फरक देखाउने चाहना भएकोले नै खुकुरी नचाउन सुरु गरेको" राईको भनाई छ । भोजपुरमा जन्मिएका राई माओवादी युद्ध कालमा छोटो समयको लागि जन सेनामा समेत काम गरेका थिए ।…

गीता पालुङ्वा लिम्बूको ‘हाङ्नेइल्ले–३’ सार्वजनिक

काठमाडौ - गीतकार गीता पालुङ्वा लिम्बूको ‘हाङ्नेइल्ले–३’ सार्वजनिक भएको छ । लिम्बू भाषाको उक्त गीति एल्बमको भाग १ र २ यसअघि नै आइसकेका छन् । गीतकार गीता पालुङ्वा विगत लामो समयदेखि हङकङ बस्दै आएकी छन् । ‘हाङ्नेइल्ले–३’ मा सेमिहाङ सिंगक, यासेली योङ्हाङ, सुमन कुरुभङ लिम्बू, सीता सिंगक, मनु नेम्बाङ, श्रेयसी चेम्जोङ र माया गुरुङको स्वर रहेको छ । त्यस्तै, एल्बममा मनु नेम्बाङ, अशोक लोहोरुङ राई र यासेली योङ्हाङको संगीत रहेको छ ।उक्त गीति एल्बममा रहेका गीतको म्युजिक भिडियोहरुमा गीता पालुङ्वा, प्रेम सुब्बा, यासेली योङ्हाङ लिम्बू,…

एकाएक चर्चामा प्रकाश

डिएम चाम्लिङ / खोटाङ्ग - भनिन्छ ‘संगीत बिनाको जीवन अधुरो हुन्छ ।’ के बुढा के बच्चा सबैले संगीतलाई जीवनसँग जोडेको देख्न पाइन्छ । नजानी नजानी भए पनि गीत गुनगुनाएको भेटिइन्छ । खोटाङमा पछिल्लो समय यस्ता व्यक्ति भेटिईए जो गीतसंगीतलाई नै आफ्नो जीवन सम्झन्छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका १८ वर्षीय प्रकाश राई एक नवउदयमान प्रतिभा हुन् । कुनै पनि संगीत साधना नसिकेका उनि आफ्नै साधनाका कारण जस्तो गीत पनि गाउन सक्छन् । राजेशपायल राई, शिव परियार लगायतका गायकहरुबाट प्रभावित उनि यतिबेला युथट्युव च्यानलमा खुब रुचाईएका नव प्रतिभा…

अद्भूत क्षमता भएका आदित्य दाहालको ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण, प्रधानमन्त्री र प्रचण्डले गरे प्रशंसा

काठमाडौं ५ साउन - केही समयदेखि गुमनाम रहेका आदित्य दाहाल शनिबार सार्वजनिक कार्यक्रममा देखिए । आफ्नै पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण समारोहमा देखिएका थिए । शारीरिक रुपमा अशक्त आदित्यलाई आमा ईश्वराले काखमा लिएर मञ्चमा राखेकी थिइन् । मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, संस्कृतिविद सत्यमोहन जोशीलगायत अन्यको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले कुनै स्रोत र गुरुबिना आदित्यमा प्रकट भएको ज्ञान ठूलो आश्चर्यको विषय भएको बताए । उनले भने, ‘स्कुल…

नातिको ‘देश बिर्सेर’

काठमाडौ - बागजबारस्थित होटल हार्दिकको संवित् सभा हलमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले बेलायत बसोबास गर्दै आएका युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’को लोकापर्ण गरे । नेपाली वाङ्मय परिषद् तथा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कृति लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताए । नाति गीतकार, मुक्तककार, सङ्गीत मर्मज्ञका साथै राम्रो वाद्यवादक पनि भएको उल्लेख गर्दै काइँलाले उनका…

गाउँले, अज्ञात र पन्तलाई आजीवन सदस्यता

काठमाडौ - २०५ औँ भानु जयन्ती तथा आफ्नो छैठौँ वार्षिक उत्सवको अवसर पारेर नेपाली वाङ्मय परिषद्ले काठमाडौँमा एक भव्य समारोहको आयोजना ग¥यो । उक्त अवसरमा परिषद्ले कवि कविता राई गाउँले, गीत तथा गजलकार वसन्तराज अज्ञात र कवि तथा समाजसेवी सरस्वती पन्त भट्टराईलाई आजीवन सदस्यता प्रदान ग¥यो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र परिषद्का अध्यक्ष शशी लुमुम्बूले स्रष्टा त्रयलाई फूलमाला, खादा र ताम्रपत्र समर्पण गरी सम्मानित गरेका थिए । उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभाग प्रमुख…