Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
गुलरिया,दाङ र आसपासको नदी तटिय क्षेत्रमा डुवानको खत्रा,सरकारले समाधान नगरे जनता आफैले गर्ने
काठमाडौ - लगातार बर्षा भएपछी प्रदेश नं ५ अन्तरगतका बर्दिया, बाँके,दाङ लगायतका जिल्लाहरुमा डुबानको खत्रा देखिएको छ । नेपाली जमिनमा डुबान हुनेगरी बाँधिएका गैंर न्यायिक सम्पूर्ण बाँधहरू (लक्ष्मणपुर बाँध सहित) को कारण डुबान हुने खत्रा भएपछी नेकपा (क्रान्तिकारी माओवादी) ले एक विज्ञप्ति जारि गर्दै उक्त स्थानहरुमा वसोवास गर्दै आएका आम जनताहरुलाई सजग रहन आग्रह गरेको गर्दै,यस्ता नेपाली भूमिमा प्रत्यक्ष असर पुर्याउने बाँधहरुको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेको छ । सरकारले यसको समाधान नगरे जनताहरु आफैले यसको समाधान खोज्ने…
किन खिचिन असारे हिलोमा मोडेल मेघना मगरले यस्तो फोटो खुल्यो रहस्य (भिडियो सहित)
काठमाडौ - सामाजिक संजालमा पछिल्लो समयमा असार पन्ध्रमा खिचिएको केहि फोटोहरु निक्कै चर्चित बन्यो । खेतको हिलोमा लतपतिएको दुईजना युवायुवतीहरुको फोटो सामाजिक संजालमा चर्चित बनेपछि फोटोमा भएकी मोडेल/ कलाकार मेघना मगर संग हामीले केहि जिज्ञासा राख्यौ ।
उक्त फोटो गत सालको असार पन्ध्रमै खिचिएको रहेछ । म्युजिक छायांकनकै समयमा उक्त फोटो खिचिए पनि म्युजिक भिडियोकै लागि भने खिचिएको हैन रहेछ ।
सानै देखि नाच्न रुचि भएकी मोडेल मेघना पारिवारिक सपोर्ट नभएकोले आफू सानो छदा यो क्षेत्रमा लाग्न नसकेपनि अध्ययनको लागि काठमाडौ आएपछि यो क्षेत्रमा…
कवि जंग पहाडीको कवितामा नाटक (भिडियो सहित )
काठमाडौं – कवि जंग पहाडीको एकल कवितामा नाटक मञ्चन भएको छ । पहाडीको कविता नाटक राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको मञ्चन हो ।
साँस्कृतिक संस्थान ,एमआर थिएटर र कला साहित्य मन्दिरको संयुक्त आयोजनामा सपन्न कार्यक्रममा पहाडीले एक दर्जन कविता बाचन गरेका थिए । कविता वाचन संगै नाटक पनि मञ्चन भएको थियो । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सांस्कृतिक संस्थानकै २३ औँ ब्याजका अभिनय विधाका विद्यार्थीहरुले नाटकमा अभिनय गरेका थिए ।
नाटकमा देसना टण्डन ,अशिम गुरुङ…
कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (रिजल्ट सहित)
काठमाडौं १५ असार - सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।
यो वर्ष ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नतिजा यहाँ हेर्नुहोला
ककनीमा, श्री ककनी गणेश सहकार्य पुस्तकालय संचालनमा
विचारी चाम्लिङ्ग / नुवाकोट - नुवाकोटको ककनी स्थित रुडेक नेपाल, एसभीए (SVA), रुम टु रिड लगायतका संस्थाहरुले वालवालिकाहरुमा एउटा पढ्ने विकास र उनीहरुको बौद्धिक क्षमता बढाउने उदेश्यले श्री ककनी गणेश सहकार्य पुस्तकालय हालै संचालनमा ल्याएका छन् । गत वर्षको लाईब्रेरी दिवसको अवसर पारेर ककनी गणेश आधारभूत विद्यालय कै प्राङ्गणमा कार्यक्रमको आयोजना गरि पुस्तकालय सार्वजनिक गरिएको थियो ।
ककनी गाउँपालिका प्रमुख मानबहादुर लामा, रुडेक नेपालका मिनकुमार केसी र ककनी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष रामबहादुर लामाले संयुक्त रुपमा…
मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय वैठक सम्पन्न
विचारी चाम्लिङ्ग / नुवाकोट - मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय वैठक सम्पन्न भएको छ । ककनी,शिवपुरी,नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति पानि मुहान, बुढानिलकण्ठ काठमाडौको आयोजनामा मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय बैठक सम्पन्न भएको छ । ककनी गाउँ पालिकाको अध्यक्ष मान बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समन्वय बैठकमा ककनी गाउँ पालिका वडा नम्बर १,२ र ५ का वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्तिको क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका ११ वटै ईलाकाको अध्यक्षहरुको…
नवल खड्का र दिपा कठायत जस्तै, आफ्नो छोरोलाई बनाउने दृष्टि बिहिनको चाहना
काठमाडौ -नायक तथा निर्माता नवल खड्काले दृष्टि बिहिन शुसिल थापाका ६ वर्षीय छोरा सक्षम कुमार थापाको पढाईको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वेलायत निवासी दिपा कठायतले ६ वर्षीय वालक सक्षम कुमार थापाको पढाइको लागि २४ हजार आर्थिक सहायता गरेकी हुन् ।
आर्थिक सहायता पाएपछि खुशी हुदै, आफ्नो छोरोलाई डक्टर, पाईलट हैन, समाजसेवी नवल खड्का र दिपा कठायत जस्तै बनाउने शुसिल थापाले बताएका छन् । दृष्टि बिहिन शुसिल थापाका छोरा सक्षम कुमार थापालाई गत वर्ष पनि नवल खड्का मार्फत दिपा कठायतले आर्थिक सहयोग गरेकी थिईन् । आर्थिक सहयोगको संयोजन…
पहिरोको कारण नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध
चितवन ११ असार - नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ ।
प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउन आयोजनाका डोजरमार्फत काम भइरहेको छ ।
वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।
एण्डोबर ह्याम्प्शारमा पनि पिपल मोर्टगेज कम्पनीले शाखा खोल्यो
एस के गुरुङ / बेलायतमा नेपाली युबा द्वारा संचालित पिपल मोर्टगेज कम्पनीले यसै जून महिना बाट एण्डोबर ह्याम्प्शारमा पनि आफ्नो शाखा बिस्तार गरेको छ। बिगत दुइ वर्षबाट फार्नबोरो ह्याम्प्शारमा प्रमुख कार्यलय रहेको यस कम्पनिले ग्राहकहरुको ध्यानलाई राखेर गत बर्ष पनि आशफोर्ड केन्टमा आफ्नो शाखा स्थापना गरिसकेको थियो। जसले गर्दा केन्ट वरिपरि बस्ने नेपालीहरुलाई घर खरिद गर्दा आफ्नै भाषामा अवस्यक सहयोग तथा सेवा हरु दिदै आइरहेको छ।
ग्राहकहरुको बढ्दो चाप र ग्राहक हरुलाई सजिलो होस् भने हेतुले स्थापना गरिएको एण्डोबर ह्याम्प्शार शाखाले पनि…
दोस्रो आदिवासी जनजाती चलचित्र महोत्सव २०७५”मा १४ चलचित्र समावेश
ईन्द्र जिजीबिषा / काठमाडौ- आदिवासी जनजाति चलचित्र महासंघले "दोस्रो आदिवासी जनजाती चलचित्र महोत्सव २०७५" को आयोजना गर्ने भएको छ । आदिवासी जनजाती चलचित्र महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो । आदिवासी जनजाति चलचित्र महासंघले आफ़ो स्थापनाकाल देखि नै आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गरेर चलचित्रको प्रवर्दन र सम्वर्दन गर्दै आएको छ ।
"आदिवासी जनजाति चलचित्र महोत्सव" महासंघले आयोजना गरेको दोस्रो महोत्सव हो । नेपाल पर्यटन वोर्डको हलमा असार १५,१६ र १७ गते तिनदिन आदिवासी जनजाति चलचित्र…