Browsing Category

समाचार

एकैसाथ राखीका दुई एल्बम

काठमाडौँ, ३ मंसिर -अमेरिकाको क्यालिफोर्नियामा बसेर साहित्य साधना गर्दैआएकी कवि तथा गीतकार राखी गौचन हालै एकैसाथ आधुनिक गीतका दुई एल्बम ‘जानी नजानी’ र ‘परिभाषा’ लिएर बजारमा आएकी छन् । छ वटा गीत रहेको ‘जानी नजानी’ एल्बममा गायिका बानीका प्रधानको सुमधुर स्वर रहेको छ । एल्बममा चार जना सङ्गीतकारले सङ्गीत दिएका छन् । ‘जानी नजानी’ तथा ‘मान्छे हुँ’ बोलको गीतमा दिनेश सुब्बा, ‘नभेटेको मान्छे’ तथा ‘म आगो बोकेर’मा हरि लम्साल, ‘यो सुन्दरता’मा सुरजकुमार थापा, र ‘कहाँ बिरायौ’मा आशकुमार राईको सङ्गीत रहेको छ । यसै गरी पाँच वटा गीत समावेश…

खोटाङमा भलिवल प्रतियोगिता तथा प्रतिभा सम्मान

काठमाडौँ, २ मंसिर - प्रदेश एक, खोटाङको रुपाकोट–मझुवागढी–९, निर्मलीडाँडा लामाखुमा विगतमा जस्तै यो वर्ष पनि तिहारको अवसर पारेर विविध कार्यक्रमका साथ भलिबल प्रतियोगिता तथा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरिएको भएको छ । वि.सं.२०७२ सालमा स्थापित ‘बालाजित–वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले हरेक साल आयोजना गर्दै आएको विशेष कार्यक्रम कार्तिक २५ देखि २७ गतेसम्म निर्मलीडाँडामा सम्पन्न गरिएको हो । प्रतिष्ठानले ‘मन्दत–मनरानी राई स्मृति प्रतिष्ठासँगको सहकार्यमा गत वर्षदेखि यो कार्यक्रम गर्दै आएको छ । नगरपालिका तथा गाउँपालिकाका…

‘आखिर केको लागि ?’ लोकार्पित

काठमाडौ - कात्तिक १७ गते शनिबारका दिन गीतकार रविन बान्तवा खाहोङ राईद्वारा लिखित तथा सङ्गीतकार डा. शरद सिन्हाद्वारा सङ्गीतबद्ध गीतहरूको एल्बम ‘आखिर केको लागि ?’ लोकार्पण गरियो । राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ सङ्गीत साधक तथा गायक प्रेमध्वज प्रधानले उक्त एल्बमको लोकार्पण गरेका हुन् । लोकार्पणपश्चात् बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफ्नो समय र अहिलेको समयमा गीतसङ्गीत विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै शब्द, सङ्गीत र गायन सबै दृष्टिकोणबाट ‘आखिर केको लागि ?’ एल्बम उत्कृष्ट रहेको…

कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा

जिरी १७ कात्तिक - दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

याकुमा लोकगीत प्रतियोगिता हुने

कार्तिक १७ प्याउली, भोजपुर - प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरको अरूण गाउँपालिका वडा नम्बर–५ याकुमा तिहारको अवसरमा यही कार्तिक १८ गते आइतबार बृहत् लोकगीत प्रतियोगितासहित नाटक मञ्चन हुने भएको छ । रङ्गकर्मी, चलचित्र कलाकार, नाटककार तथा निर्देशक जीवन थापा ‘क्षितिज’को परामर्श र उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममा दीपक ढकालद्वारा लिखित तथा उमेश धिमाल र पुजन आचार्यद्वारा निर्देशित अनि स्थानीय कलाकारद्वारा अभिनित सामाजिक नाटक ‘जन्मभूमि’ समेत मञ्चन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम स्थानीय अरुण कला, साहित्य समाज…

विविध सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँ, १६ कार्तिक - नेपाल सम्बत् ११३९ र तिहारको उपलक्ष्यमा शनिबार भुरुङखेल चौरमा ‘विविध सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडानम्बर–१८ ले आयोजना गर्ने उक्त कार्यक्रममा शुभकामना आदान प्रदान, स्वास्थ्य शिविर, हस्तकला प्रदर्शनीसहित विविध सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । वडा कार्यालयका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।

अनिताले सुनाइन् कविता

काठमाडौँ / कार्तिक १४ - काठमाडौँको धुम्बाराहीमा महिला सामुदायिक कार्यक्रम सञ्चालन समिति र महिला सामुदायिक केन्द्रद्वारा आयोजित एकल कविता वाचन कार्यक्रम ‘अनिताका कविता’मा कवि अनिता लामाले आफ्ना एक दर्जन बढी कविता सुनाइन् । ‘अर्पण’ र ‘अनुराग’पछि हालै तेस्रो कविताकृति ‘आतुङ’ ल्याएकी उनले कार्यक्रममा ‘सलाम आदरणीय आमाबुबा’, ‘नागरिकता’ र ‘रगत’ शीर्षक कविता सुनाइन् । उनले आफ्ना कवितामा नारी शक्तिको प्रसंशा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यङ्ग्य गरिन् । ‘६ बराबर ६’ कवितामा चाहिँ उनले आफ्ना छ दिदी…

नेपाल–चीन संस्कृति प्रवद्र्धन तथा अनुवाद सम्मेलन हुँदै

काठमाडौँ, १२ कार्तिक - मङ्गलबारदेखि काठमाडौँमा नेपाल र चीनबीच संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी प्रथम सम्मेलन सुरु हुदैछ । जनवादी गणतन्त्र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत रहेको चिनियाँ संस्कृति, अनुवाद तथा अध्ययन सहयोग केन्द्र (सीसीटीएसएस) को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिने सम्मेलनमा दुवै देशका तर्फबाट सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै गहन विमर्श गरिने प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी गराए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र…

राजेश पायल राईको “हावा संगै मन उड्यो” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - आभा एराको प्रस्तुतीमा राजेश पायल राईको "हावा संगै मन उड्यो" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिमुराको शब्द रचनामा रहेको यो गीतलाई चर्चित गायिका आभा मुकारुङ्गले संगीत गरेकी हुन् । राजेश पायल राई नेपाली गीत संगीतको क्षेत्रमा मेघा स्टारको रुपमा चिनिएका छन् । ७ हजार भन्दा धेरै गीत गाई सकेका राजेश पायलको यो गीत पनि अत्यान्तै मिठो बनेको छ । "कता हिडेको? कसलाई खोजेको ?" बोलको सर्वाधिक चर्चित गीत गाएर चर्चाको शिखरमा पुगेकी आभा मुकारुङ्गको सयौ हिट गीतहरु छन् । पछिल्लो समयमा अमेरीकामा बस्दै आएकी आभा मुकारुङ्ग नेपाली…

साथी सम्झिएर भावुक बने कुलपति

काठमाडौँ, २७ असोज - राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती एकाएक भावुक बने । उनका आँखा रसाए । अनि गला अबरुद्ध पार्दै उनले आफ्ना समकालीन साहित्यकार साथी स्व.जनकप्रसाद हुँमागाईंलाई सम्झिए, “जनकजी, सरल जीवनशैली भएका मिलनसार तर विचारमा प्रतिबद्ध लेखक हुनुहुन्थ्यो । आज उहाँसँग सहयात्रा गरेका क्षणहरूको सम्झनाले मलाई भावुक बनाएको छ । आँखा अगाडि उहाँको तस्बिर देख्दा मैले मन थाम्नै सकिनँ ।” जनवादी साहित्यकार जनकप्रसाद हँुमागाईंको स्मृतिमा सम्मानस्वरुप सांस्कृतिक संस्थानसँगको सहकार्यमा…