खोटाङमा भलिवल प्रतियोगिता तथा प्रतिभा सम्मान

0 684

काठमाडौँ, २ मंसिर – प्रदेश एक, खोटाङको रुपाकोट–मझुवागढी–९, निर्मलीडाँडा लामाखुमा विगतमा जस्तै यो वर्ष पनि तिहारको अवसर पारेर विविध कार्यक्रमका साथ भलिबल प्रतियोगिता तथा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरिएको भएको छ । वि.सं.२०७२ सालमा स्थापित ‘बालाजित–वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले हरेक साल आयोजना गर्दै आएको विशेष कार्यक्रम कार्तिक २५ देखि २७ गतेसम्म निर्मलीडाँडामा सम्पन्न गरिएको हो । प्रतिष्ठानले ‘मन्दत–मनरानी राई स्मृति प्रतिष्ठासँगको सहकार्यमा गत वर्षदेखि यो कार्यक्रम गर्दै आएको छ ।
नगरपालिका तथा गाउँपालिकाका वडास्तरीय समूहलाई सहभागी गराइँदै आएको भलिवल प्रतियोगितामा यो वर्ष प्रथम पुरस्कार सोकला गाउँपालिकाका मात्तेमले हात पारेको छ भने दोस्रो पुरस्कार दोर्पा स्पोर्टस क्लबका साथै तेस्रो साकेला गाउँपालिकाको च्यान्डाँडाले जित्न सफल भएको छ ।

प्रतियोगितामा प्रथमलाई ५० हजार १ सय ५१ रुपैयाँ, दोस्रोलाई ३० हजार १ सय ५१ र तेस्रोलार्ई २० हजार १ सय ५१ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट खेलाडी ठहरिएका दोर्पा स्पोर्टस क्लबका बलबहादुर भुजेललाई नगदसहित मेडल प्रदान गरिएको थियो ।
वडाध्यक्ष हर्कराज राई, कवि तथा कलाकार चन्द्र रानाहँछालगायतका स्थानीय जनप्रतिनिधि, शिक्षक तथा समाजसेवीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भव्य रुपले समापन भएको थियो ।
वालाजित–वसन्तलक्ष्मी पुरस्कार रामधनलाई
बालाजित–वसन्तलक्ष्मी राई स्मृति पुरस्कार यो वर्ष पत्रकार रामधन राई लाई प्रदान गरिएको छ । जिल्लामै रहेर कला–साहित्य, पत्रकारिता, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने  एकलाई छनौट गरी नगद १५ हजार रुपैयाँ र ताम्रापत्र पदने गरिन्छ । गत वर्ष यो पुरस्कार चन्द्र रानाहँछालाई प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष ऋषिधन राई, सचिव बुद्धिराज राई तथा मणिराज राईको संयोजकत्वमा आयोजित कार्यक्रम भव्यरुपले सम्पन्न भएको कुरा प्रतिष्ठानका संरक्षक जितेन्द्र राईले जानकारी गराए ।

Loading...