Browsing Category

समाचार

नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने

सिलिचुङ्ग टिभि / नुवाकोट। आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि नुवाकोटमा गरमागरमी बढेको छ। प्रमुख राजनीतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमन विक्रम पाण्डे, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन नरशिंह केसी, नेकपा एमालेको तर्फ बाट नारायण प्रसाद खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट झनक प्याकुरेल लगायत उम्मेदवार रहेको नुवाकोट क्षेत्र नम्बर दुई अन्तरगत चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। नुवाकोट जिल्लाको दुईवटै क्षेत्रमा गरेर प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५…

क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)

काठमाडौ - क्यान्सरलाई जितेर पुनर्जीवन पाएकी कोपिला गौतमले “नाचौं छम छम छम” बोलको नयाँ तीज गीत बजारमा ल्याएकी छन् । गीतको म्युजिक भिडियो कोपिला गौतम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । साँस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा आएको गीतमा गायिका गौतमको एकल स्वर रहेको छ । गीतको शव्द रचना र संगीत गोविन्द मधुर आचार्यले गरेका हुन् । गत वर्ष गायिका कोपिला गौतम जीवन र मृत्युको दोसाँधमा थिइन । चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो सफल अप्रेसन गरिएको थियो । सार्वजनिक म्युजिक भिडियोको निर्देशन चर्चित कलाकार तथा…

‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने

काठमाडौ - खोटाङ्ग कलाकार समाजले काठमाडौमा 'खोटाङ सांगीतिक साँझ २०७९' को आयोजना गर्ने भएको छ । समाजले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यक्रम प्रज्ञाभवन कमलादीमा भदौ ४ गते हुने छ । खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको समाजका अध्यक्ष, गायक तथा संगीतकार रुपकुमार राई बताएका छन् । कार्यक्रममा वरिष्ठ अग्रज गायक बच्चु कैलाश, मेघा स्टार गायक राजेश पायल राई, प्राज्ञ सदस्य तथा गायिका सत्यकला राई, पार्वती राई लगायत १३० जना भन्दा बढि खोटाङ्गे कलाकाहरुको प्रस्तुति रहने…

टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण

काठमाडौ - टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। काठमाडौमा एक कार्यक्रम गरेर टिकटक डान्स प्रतियोगिताको विजेताहरुलाई नगद, ट्रफी खादा र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो। टिकटक डान्स प्रतियोगितामा नेपाल भरि बाट १५० भन्दा धेरैको सहभागिता रहेकोमा त्यहि सहभागी मध्ये टिकटक लाईभ बाटै दर्शकहरुको लाईक कमेन्टको आधारमा विजेता छानिएको थियो। पनौतीकी रिया श्रेष्ठ प्रथम, चितवनकी एरिना भण्डारी द्वितीय, उदयपुरकी अञ्जना राई तृतीय र पोखराकी छवि गुरुङले सान्त्वना पुरस्कार जितेकी थिईन् । विजेताहरुलाई पत्रकार ईन्द्र…

चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक

काठमाडौ - तामाङ्ग भाषाको चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक भएको छ। विभिन्न चलचित्रकर्मीहरु, बौद्धिक वर्ग र पत्रकारहरुको बीच एक कार्यक्रम गरेर उक्त चलचित्रको ट्रिजर सुक्रबार सार्वजनिक गरिएको हो। गाउँ बाट शहर पसेका एक तामाङ्ग युवाको कथा हो काख्रे। विभिन्न जिल्लाबाट काठमाडौ आएका युवाहरुको जीवन यापन र संघर्षलाई यस चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जानकारी दिएका छन्। निर्माण पक्षका अनुसार चलचित्र राजधानीको व्यास्त ठमेल बाट सुरु हुन्छ। बिरामी आमाको उपचार खर्च कमाउन शहर आएका युवा र गाउँ बाट शहर आएका काख्रे पात्रको…

मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते

काठमाडौ - लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीय सरकार भन्ने मूल नाराको साथ मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। उक्त महाधिवेशन काठमाडौको खुल्ला मन्चमा गर्ने भएको हो। मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ -डिजिजी) को यो पाँचौ राष्ट्रिय महाधिवेशन हो। कार्यक्रमको उद्घाटन ज्यापु समाज यल ललितपुरको भवनमा बैशाख १५ गते बिहानको १० बजे हुने आयोजकले बताएको छ। बैशाकः १७ गते खुल्ला मन्चमा हुने बताईएको छ। मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ…

सामुदायिक प्रहरी केन्द्र तिखेदेवलको आयोजनामा महिला सशक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न

ललितपुर । समुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलको आयोजनामा महिला सशक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सामुदायिक केन्द्र तिखे देवालले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्तव्य राख्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मदन केसीले नेपाल प्रहरीले महिलाहरुको हरेक समस्या र गुनासाहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘महिलाहरुको समस्याहरु हामीकहाँ आउँदा हामी पहिलो प्राथामितामा नै राखेर समाधान गछौं, हामीहरुले…

विनायक तामाङको अध्यक्षतामा,तामाङ चलचित्र संघ बागमती प्रदेश समिति गठन

काठमाडौ - तामाङ चलचित्र संघ बागमती प्रदेश समिति गठन भएको छ । तामाङ चलचित्र संघका संघीय अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा शनिबार आयोजित भेलाबाट १३ सदस्यीय बागमति प्रदेश कमिटि गठन गरिएको हो । चलचित्र निर्देशक एवं नायक विनायक तामाङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आशमान वाईबा, सचिव दावा फिन्जो तामाङ, सह सचिव करण तामाङ, कोषाध्यक्ष बिना घले, सह कोषाध्यक्ष धुर्व छिरिङ तामाङ चयन भएका छन् । सदस्यहरूमा क्रमश रोशन तामाङ, अनिता नेगी, बिना लामा, राजकुमार तामाङ, नरेन्द्र तामाङ, सुस्मिता घ्लान, श्याम माया तामाङ चयन भएका छन्…

पत्रकार तथा युवानेता शान्तिराज राईलाई अमेरिकामा भव्य स्वागत

अमेरिका - युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सभापति केशवराम राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार तथा युवा नेता शान्तिराज राईलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा सभापति राईले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना दिएका थिए भने संस्थाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मुना राईले पत्रकार राईलाई खादा तथा फुलको गुच्छाले स्वागत गरेकी थिइन् । पत्रकार राईले समाजमा छुट्टै योगदान दिएको भन्दै प्रसंसा समेत गरेकी थिइन् । कार्यक्रममा…

एनआरएनए आइसीसीमा जुनु गुरुङको महिला संयोजकमा उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत छिन् । गुरुङ कोरियाको नेपाली समुदायमा निकै नै चर्चित…