मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते

0 191

काठमाडौ – लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीय सरकार भन्ने मूल नाराको साथ मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। उक्त महाधिवेशन काठमाडौको खुल्ला मन्चमा गर्ने भएको हो। मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ -डिजिजी) को यो पाँचौ राष्ट्रिय महाधिवेशन हो।

कार्यक्रमको उद्घाटन ज्यापु समाज यल ललितपुरको भवनमा बैशाख १५ गते बिहानको १० बजे हुने आयोजकले बताएको छ। बैशाकः १७ गते खुल्ला मन्चमा हुने बताईएको छ।

मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा “२१ औ शताब्दी अहिन्दु मूलवासी मंगोल मुक्तिको शताब्दी हो” भनेर उल्लेख गरिएको छ।

Loading...