कविता सिवाकोटीको “सिम्पल डिम्पल” बोलको म्युजिक भिडियोमा बर्षा सिवाकोटी

0 611

काठमाडौँ : गायिका कविता सिवाकोटीको “सिम्पल डिम्पल” बोलको म्युजिक भिडियो सार्वजनिक भए संगै व्यस्तता पनि निक्कै बढेको छ । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको साथमा “सिम्पल डिम्पल” बोलको गित सार्वजनिक भए लगतै गायिका कविता शिवाकोटीको व्यस्तता बढेको हो । नेपाली गीत-संगीत र नेपाली गीत-संगीतलाई माया गर्ने दर्शकहरुलाई भगवान सम्झने गायिका कविता सिवाकोटीले फेरी हिन्दु नारीहरुको महान चाडको अवसर परेर तीज गीत ( सानो छँदा ) पतीदेब ३ सार्बजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा गायिका कविता शिवाकोटीको स्वर, शब्द कृष्ण उदासी, संगीत गौरव दर्पणको रहेको छ भने एरेन्ज सचिन सिंहले गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोलाई छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादनमा विकास दाहालले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन निशान कस्यापले गरेका हुन् भने भिडियोमा अहिलेको चर्चित नायिका वर्षा शिवाकोटीको निकै मिठो अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियोमा बर्षालाई नव मोडेल महेश खड्काले साथ् दिएका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

 

Loading...