Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
ब्यानर न्युज
आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा
काठमाडौं, १६ साउन - नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।
नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।
संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र…
स्वदेश फर्किने क्रममा एयरपोर्टमै बेहोस सुरेश मगरको उद्दार
मलेसिया - स्वदेश फर्किन एयरपोर्टमा अध्यागमन बिभाग भित्र जाँचपासकै क्रममा अकस्मात चक्कर लागेर भुईमा ढलि बेहोस भएका सुरेश थापामगरलाई उद्दार गरिएको छ।
अचानक बेहोस भएका मगरलाई एयरपोर्टकै कर्मचारिहरुको सहयोगमा सेर्डाङ अस्पतालमा उपचारको लागी लगिएको थियो । तनहु जिल्ला भिमादका सुरेस थापामगरलाई आदिवासी जनजाति महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासङ्घका क्षेत्रिय समिति ईपो पेराग तथा नेपाल मगर सङ्घ मलेसियाको विशेष सहयोगमा अाजै बेलुकि ६:३०बजे अस्पताल बाट डिस्चार्ज गराइएको हो।जुलाई २३ तारिखका दिन अस्पताल भर्ना भएको…
स्टाफ नर्स अध्यायन गरेकी गायिका तायाहाङ्गमाको फोटो चर्चा (फोटो फिचर)
ईन्द्र जिजीबिषा / काठमाडौ - पुर्ख्यौली थलो खोटाङ्गको खार्मी भई बसाईं सराई संगै उदयपुरको बसाहामा जन्मी हुर्किएकी तायाहाङ्गमा राई एक स्थापित गायिका हुन् । स्टाफ नर्स अध्यायन गरेकी गायिका तायाहाङ्गमा राईको पनि चार दर्जन भन्दा बढि गीतहरु बजारमा आएका छन् ।
पहिलो गीति एल्बम "तिम्रो माया" बजारमा ल्याएकी गायिका तायाहाङ्गमा राईको दोस्रो एल्बम "तराणा" बजारमा आएको थियो । पहिलो र दोस्रो गीति एल्बमको सफलता बाट हौशिएकी गायिका तायहाङ्गमा राईले तेस्रो गीति एल्बम "कान्छी" ल्याएकी छन् ।
तायाहाङ्गमा राईको "कोई छ" बोलको गीत दर्शक…
गायक रुपकुमार राईको रुप (फोटो फिचर)
काठमाडौ - गायक रुपकुमार राई खोटाङ्गको टेम्मामा जन्मिएर विगत लामो समयदेखि नेपाली गीत-संगीतको दुनियाँमा रहेका छन् । पहिलो "मनको देउराली" "साक्षी" "सामिप्या" "रामसाइली" "सार" र "रुप" गरेर छ वटा एकल एल्बम बजारमा आई सकेका छन् ।
५८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक राईको आधुनिक,लोक, गजल स्वदेश गान र फिल्ममा समेत गरेर हजार भन्दा बढी गीतहरु बजारमा छन् । ‘गुन्द्रुक किनिमा’ ‘चर्चा’ ‘रामसाइली’ ‘स्वप्निल छायाले’ ‘नौ लाई सुन्ना नब्बे’ "कहाँ बाट टिपी ल्यायौ यो मायाको मौसम " लगायत सयौ गीतहरु चर्चामा छन् ।
अति नै सरल र…
थारु कल्याणकारीणी सभाको महाधिवेशन असोजमा ६ गते सुरु
आरएन चौधरी थारु / काठमाडौं
नेपालमा रहेकाचौधरी, थारु जातिको माउ संस्था थारु कल्याणकारीणी सभाको हिजोराती अबेरसम्म चलेको केन्द्रीय संचालन समितिको बैठकले २०७५ साल असोज ६ – ८ गते काठमाडौंमा २२ औं महाधिवेशन आयोजना गर्नेनिर्णय गरेको छ।
यसभन्दा पहिले कैलाली,बर्दिया,दाङ,रुपन्देही,पर्सा , बारा,रौतहट,सर्लाही ,उदयपुर ,सुनसरी ,मोरङ ,झापा लगायतको जिल्लाहरुमा महाधिवेशन सप्पन्न भैसकेको छ।२२ औं महाधिवेशन चितवनमा आयोजना गर्न थारु कल्याणकारीणी सभाको चितवन जिल्ला समितीले केन्द्रलाई अनुरोध गरेको थियो। केन्द्रिय समितिको अधिकांश सदस्यहरु चितवनमा…
मोडेल रेखा राईको हट अवतार (फोटो फिचर)
कलाकार तथा मोडेल रेखा राई पछिल्लो समयमा चर्चित नाम हो । एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखा राई बेली डान्स र साल्सा डान्समा पोख्त छिन् ।
उदयपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा लागेकी रेखा राई नेपालको विभिन्न ठाउँहरुमा आफ्नो डान्स र कलाकारीता देखाई सकेकी छन् भने, कतार, सिक्किम, दार्जिलिङ्ग लगायत अन्य विभिन्न देशहरुमा पनि आफ्नो कला देखाई सकेकी छन् ।
अत्यान्तै मिलनसार रेखा सरल र सोझी छन् । मोडेल हुनलाई वा चर्चित हुनको लागि शरीरको वश्त्र खोल्नै पर्ने भन्ने मान्यता आफूमा लागू…
खोटाङमा ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने
चिसाङ शेर्पा / खोटाङ
खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर विश्वसामु पु-याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी-साईनो स्टार सञ्चालन हुने भएको हो ।
खोटाङबाट सञ्चालित हलेसी टाईम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुइ नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’-साईनो स्टार’ सुरुवात हुने शुक्रबार साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।…
राज रोबट अजनबीको एकल संगीतमा “समर्पण भाग -१” गीति एल्बमको विमोचन
ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित संगीतकार राज रोबट अजनबीको एकल संगीतमा "समर्पण भाग -१" गीति एल्बमको विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइला, गीतकार संघका महासचिव शुभ मुकारुङ्ग लगायतले उक्त गीति एल्बमको राजधानीमा विमोचन गरेका हुन् ।
अलग-अलग गीतकारहरुको शब्द रचनामा "समर्पण भाग-१" भित्र १२ वटा गीतहरु रहेका छन् । एल्बम भित्र रहेको पहिलो गीत "चौतारी बरमा" बोलको गीतको शब्द रचना प्रदिप तुखेशाको रहेको छ भने, यो गीतलाई अन्जना चाम्लिङ्गलेस्वर दिएकी छन् । दोस्रो "तिम्रो पनी मनै त हो"…
“मट्टिमाला” हेर्न ग्राण्ड मल पुगेका दर्शकहरु अधिक भएपछी पुनः २७ तारिख प्रदर्शन गरिदै
काठमाडौ – नेपाली कथानक चलचित्र “मट्टिमाला” कतारको सनैया स्थित ग्राण्ड मलमा पुनः प्रदर्शन् हुने भएको छ । गत हप्तामात्रै सनैया स्थित ग्राण्ड मलमा प्रदर्शन भएको चलचित्र "मट्टिमाला" लाई दर्शकहरुले चाहेर पनि चलचित्र हेर्नेका निम्ति टिकेट नपाएको गुनासो आएपछि पुनः जुलाई २७ गते प्रदर्शन गर्न लागिएको हो । चलचित्र स्थानिय समय अनुसार दिनको ३:३० बजे प्रदर्शन हुने चलचित्रका निर्माता पृथ्वी राईले कतारबाट सिलिचुङ्ग टिभिलाई बताएका छन् ।
नेपालको विभिन्न हलहरुमा छैटौ हप्ता भन्दा बढि प्रदर्शन भएको चलचित्र “मट्टिमाला” व्यवसायिक हिसाबले निक्कै…
सीता कुमारी तुम्बापो पन्धाकको थात्थलो ट्रेलर सार्वजनिक
काठमाडौ - पुर्बि नेपाल झापामा हुर्केकी सिताकुमारी तुम्बापो पंधाक नेपाली भाषा संस्कृति र कला क्षेत्रमा अभिरुची राख्ने र नेपाली कला जगतमा केही गर्छु भन्दै अघि बढेकी उनी अन्तत नेपाली कथानक चलचित्र "थात्थलो" निर्माण गर्न सफल भएकी छन् । हङकङ र युकेलाई कर्म थलो बनाएर कर्म गरिरहेकी उनी यो फ्लिम लगत्तै अर्को पनि फ्लिम निर्माण गर्ने कुरा बताउछिन् । सानै देखि कला संगीतलाई एकदमै रुचाउने उनी तर परिस्थिति बस वा आफ्नो सुनौलो भविष्यको खोजीमा परदेशिनु पर्ने बाध्यता र छोराछोरीको सुन्दर भविष्यको खातिर यहीँ क्षेत्रमा जम्न नपाए पछि केही समयको…