Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीमा प्रवचन
२०७६ पुस १५ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३६आँंै जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो ।
प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– “नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको छ ।” उहाँले ६५ वर्षअघि हालको सैनिक मञ्च रहेको टुँडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यिक इतिहासमा…
खोटाङ सेवा समाज युकेद्वारा खोटाङका जयकुमार राई र डाक्टर धनप्रसाद सुवेदी सम्मानित
काठमाडौँ । खोटाङ सेवा समाज युके (बेलायत)ले एक कार्यक्रम गरेर खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र अर्का एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।
लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङेले स्थापना गरेको संस्थाले शिक्षाविद् एवम् समाजसेवी जयकुमार राईलाई ‘नागरिक सम्मान’ र साहित्यकार एवम् प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।
खोटाङ सेवा समाजले शिक्षाविद् राईलाई नगद रु ५० हजार र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र प्राध्यापक डाक्टर सुवेदीलाई नगद २५ हजार र सम्मान पत्रले…
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बारामा कोइराला
४ पुस २०७६, निजगढ, बारा । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बारा जिल्ला तदर्थ समितिको अध्यक्षमा शिक्षासेवी सुदर्शन कोइराला चुनिएका छन् । महासंघका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर–२ का संयोजक रामकल्याण यादवको उपस्थितिमा गत मंसिर २८ गतेका दिन निजगढमा सम्पन्न भेलाले कोइरालालाई अध्यक्ष चुनेको हो । भेलाले उपाध्यक्षमा लक्ष्मी लामिछाने, सचिवमा शशिकुमार गौतम, सहसचिव राधाकृष्ण चौधरी र कोषाध्यक्षमा चन्दा लामालाई चयन गरेको छ ।
यसै गरी उक्त भेलाद्वारा राजकृष्ण चौधरी, नारायण लामिछाने, सरेन्द्रकुमार कर्ण, पुष्पराज थापामगर,…
वाङ्मय शताब्दी पुरुष जोशीलाई चार लाख राशिको पृथ्वी प्रज्ञा पुरस्कार
मङ्सिर २३ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित हुनुभएको हो । पुरस्कारको राशि रु. ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीज्यूले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा–पुरस्कार अर्पण…
कविडाँडामा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य
सौराहा, चितवन । नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताउनुभएको छ । आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उहाँले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति मात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गर्नुभएको हो ।
कविडाँडा साहित्य समाज, चितवनको १७ औँ वार्षिकोत्सवका अवसरमा सौराहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्राज्ञ ठकुरीले उक्त कुरा बताउनुभएको हो । समाजका अध्यक्ष…
अलगमा गायक–सङ्गीतकार जीतेन राई
काठमाडौ - अलगमा अग्रज’को कात्तिक शृङ्खलमा अग्रज गायक–सङ्गीतकार जीतेन राई प्रस्तुत भए । अलग आर्ट हबद्वारा आयोजित कार्यक्रममा राईले ‘साउने भेल उर्लेर आउँदा’, ‘उराठै लाग्छ नि’, ‘मालिङ्गो काटी बिनायो बाजा’, ‘उड्दै आयो हवाइजहाज’, ‘भन्ज्याङ पारी यारी खोला’, ‘नाना छापारी’ लगायत दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए ।
उनले आफ्नो सङ्घर्षको कथा सुनाउँदै नयाँ पुस्तालाई सङ्गीतमा अघि बढ्न धेरै सहज भएको बताए । अलग आर्ट हबमा प्रशिक्षणरत विद्यार्थी एवम् अन्य सहभागीहरुले सङ्गीतकार राईलाई दुई घन्टा बढी चाखपूर्वक सुनेका थिए ।
सुन्दरको ‘पृथ्वीको आविष्कार’
काठमाडौँ । कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा आएको छ । अनामनगरस्थित मण्डला थियटरमा नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उक्त कृतिको विमोचन गरे । उनले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरूको मार्मिक प्रस्तुति रहेको जिकिर गरे । ‘समाजका देखिने र नदेखिने विविध पक्षलाई कवि सुन्दरले आकर्षक रूपमा प्रस्तुत गरेका छन्’ काइँलाले भने ।
सिर्जनशील अराजकताका अभियन्ता समेत रहेका कवि हाङ्युग अज्ञातले बताए अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्नेमा जोड दिँदै…
प्राज्ञ नेपाल भारतका विभिन्न कार्यक्रममा
कार्तिक १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपाल भारतको पश्चिमबंगाल प्रान्तका मिरिक, दार्जिलिङ, डुवर्स, सिलगुढी र सिक्किम प्रान्तकोे राजधानी गान्तोकमा आयोजना हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्राज्ञ नेपाल कार्तिक १७ गते आइतबार साहित्य सुनौँ परिवार, मिरिकको आयोजनामा हुने स्रष्टा अजम प्रधानद्वारा लिखित नियात्राकृति ‘हिमवत्–खण्डः सन्दर्भ र संयोग’को विमोचन समारोहका साथै अन्य विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा…
चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन काठमाडौँमा हुँदै
काठमाडौँ । चीन तथा दक्षिणी एसियाका स्रष्टाहरू काठमाडौँमा भेला हुँदै छन् । चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजना हुने दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् । सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका साहित्यकार भेला हुने सम्मेलन आयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।
कुलपति उप्रेतीका अनुसार…
आठ गजलकारको ‘सावाको सुसेली’
असोज २५ गते, काठमाडौँ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो ।
रावासावा प्राज्ञिक समाज नेपाल र सावा कला साहित्य…