Browsing Category

समाचार

काठमाडौैं महानगरले १३ अर्ब २ करोडको बजेट ल्यायो

काठमाडौं १० असार - काठमाडौैं महानगरपालिकाकी नगरसभामा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेकी छन् । बजेटको स्रोतमा आन्तरिक आय बाट ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ । महानगरले वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट बिनियोजन गरेको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड छ । शिक्षामा १ अर्ब १० करोड ४६ लाख बजेट छुट्याइएको छ भने हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग…

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् । त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए…

निगमको पहिलो वाइडबडी एयरबस जहाज असार १४ गते काठमाडौं आउने

काठमाडौं ८ असार - नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताईएको छ । फ्रान्सदेखिकाठमाडौ सम्म ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने बताईएको छ। निगमले अमेरिकी कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको हो । वाइडबडी विमानलाई सुरुआतमा साउदीको…

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटे

काठमाडौं ८ असार - आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो । गत २५ चैतमा शौच…

सचिव सरुवा पछि प्रदेश २ को सरकारको आपत्ति

काठमाडौ ८ असार- प्रदेश सरकार संग समन्वय नै नगरी केन्द्र सरकारले सचिव सरुवा गरेपछि प्रदेश २ को सरकारले आपत्ति जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी समेत दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ । प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा…

केरुङ्ग हुदै चिनिया इलेक्ट्रिक कार्गो रेल काठमाडौं आउने

काठमाडौ - चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि केरुङ्ग हुदै काठमाडौ आउने रेलका विषयमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ। रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरे। उनीहरूले नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । यसअघि दुई देशबीच…

कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिने

हेटौंडा ८ असार - कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिने भएको छ । मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्ला सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको हो । पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने बताईएको छ । घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्ने लगायत विषय समेटिने छन् । भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझाव दिदै बिहीबारसम्म…

ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित १ दर्जन नेताले हस्ताक्षर नगरेको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ । नयाँ पत्रिका लेख्छ– पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् । केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटे्को छ । एकताजस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेलसहितका नेताहरुलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय…

सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि हटाउने सरकारको वाचा पूरा नहुने

काठमाडौ - सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि हटाउने सरकारको वाचा पूरा नहुने भएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा असार मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको तर्क गर्छन् । सार्वजनिक यातायात क्षेत्रलाई सीमित यातायात व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न यातायात व्यवस्था विभागले चैतमा कम्पनीमार्फत दर्ता भएका सवारीलाई मात्र रुट इजाजत दिने नीतिगत…