Browsing Category

समाचार

रमिलालाई उपचारको लागि काठमाडौ ल्याईयो

सुवास राई / खोटाङ - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालीकाले मानसिक समस्या भएकि महिलाको उपचारको लागि काठमाडौ ल्याई पुर्‍याएको छ । मानसिक समस्या देखिएपछि केही महिना अघिदेखि खोरमा थुनेर राखिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी ३३ वर्षीया रमिला तामाङलाई गाउँपालिकाको पहलमा उपचारका लागि काठमाडौं ल्याईएको हो । पशुलाई सरह खोरमा राखिएकी तामाङलाई गाउँपालिका प्रमुख भुपेन्द्र राईले मंगलबार खोरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाएका हुन्। तत्काल उनका श्रीमान मनीकुमार तामाङलाई अस्पतालसम्म पुर्‍याउनका लागि १० हजार…

१४४ नेपाली कामदार मलेसियाका जेलमा, मृत्यु दण्ड सम्बन्धि अभियोगमा १६ जना

तिलोचन गौतम / क्वालालम्पुर मलेसिया मलेसियाका विभिन्न जेलहरुमा २६ नोभेम्बर २०१८ सम्ममा १४४ जना नेपाली कामदार जेल सजाय भोगिरहेको दूतावास श्रोतले जनाएको छ । जस मध्य अध्यगम सम्बन्धि अभियोग लागेका २७ जना काम गर्ने अनुमती पत्र नभएका ४७ जना झै- झगडा तथा चोरी सम्बन्धि ६७ जना , लागू औषध ओसारपसारको मुद्दामा १५ जना,अपहरण मुद्दामा २ जना बालबालिका सम्बन्धि अभियोगमा १ जना, मृत्यु दण्ड सम्बन्धि अभियोगमा १६ जना र राहदानी सम्बन्धि अभियोगमा १ जना रहेका छन् । जस मध्य गम्भीर प्रकृतिका मुद्दाहरु प्यानल कोडको कमान्डमा रहेको श्रोतले बताएको छ…

राष्टियता, जनतन्त्र र जनजीविकाको लागि देशभर संघर्षका कार्यक्रम चलाउँछौंः महासचिव बैद्य

दाङ - नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्थामा ध्यान नदिएका कारण समस्या बढेको भन्दै आफ्नो पार्टीले त्यसका विरूद्धमा संघर्षको तयारी गरिरहेको बताएका छन् । सोमबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव वैद्यले त्यस्तो बताएका हुन् । मुलुक अहिले सरकारको निति तथा कार्यक्रमका कारण समस्यामा फसेको उनको भनाइ थियो । उनले भने-‘भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल गरेको देखिएन, यो नाम…

मिस्टर तथा मिस टिन शेर्पाको पहिलो अडिसन शुरु ( भिडियो सहित)

काठमाडौं – मिस्टर तथा मिस टिन शेर्पा  (सिजन – १) को अडिसन शनिबारबाट शुरु भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन राजधानीमा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट प्रतियोतिामा भाग लिनका लागि आएका थिए । पहिलो अडिसन अन्तरर्गत ४३ जना भन्दा बढीले सहभागिता जनाएका दिए । पहिलो अडिसनमा छुटेकाहरुलाई पौष महिनाको ६ गते अडिसन लिने गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाले बताए । उनले भनिन् – ‘विभिन्न समुदायले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् तर हाम्रो शेर्पा समुदायको भने…

आशाका दुई एल्बम

काठमाडौं । गीतकार तथा गायिका आशा सुहाङ लिम्बूले एकसाथ दुई एल्बम ल्याएकी छन् । मोडलसमेत रहेकी आशाका गीत एल्बम ‘आदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नेपाल वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निर्वतमान सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक र चर्चित गायक राजेशपायल राईलगायतले एल्बम सार्वजनिक गरेका थिए । एल्बम सार्वजनिक गर्दै गायक रसिकले गीतकार तथा गायिका आशाको संगीतप्रतिको लगावलाई प्रशंसा गरे । रसिकले भने, ‘विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई…

भाईरल बाल कलाकार र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति संगै वृहत सांस्कृतिक कार्यक्रममा सम्पन्न

काठमाडौं – विश्वमानव उत्थान तथा मेलमिलाप संघ र अरुण पोष्ट डटकमको संयुक्त आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सदभाब र मेलमिलापको लागि वृहत सांस्कृतिक कार्यक्रम २०७५ भन्ने मूल नाराका साथ चुम्लुङहिम ललितपुमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पछिल्लो समय मिडियामा व्यापक चर्चा कमाईरहेका मनिष लिम्बुले आफ्ना र केहि अरुका केहि गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए भने मर्ने कसैलाई रहर हुदैन बोलका गायक प्रेम परियारले पनि आफ्ना गीतहरु गाएर भरपुर मनोरन्जन दिएका थिए । त्यसैगरि अन्य बालकलाकारहरुमा…

सञ्चार गृहमा चोरी गर्ने समूहलाई प्रहरी नियन्त्रणमा लियोः बैंक फोड्ने पनि समातिए

काठमाडौं । दृष्टि मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित अनलाईन सञ्चार माध्यम हरपल नेपाल डटकमको कार्यालयमा केही दिनअघि भएको चोरी घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । वानेश्वर वृतमा कार्यरत नेपाल प्रहरीको अनुसन्धान (सादा पोशाकवाला) सई रुद्ध भट्टको नेतृत्वको टिमले उक्त चोरीमा संलग्नहरुको खोजिमा विभिन्न ढंगले अनुसन्धान बढाउँदै रंगेहात पक्राउ गर्न सफल भएको हो । उक्त मिडियाका सम्पादक लोकराज जैसी गत १४ गतेदेखि २१ गतेसम्म काठमाडौं बाहिर रहेको अवस्था त्यहाँ चोरी भएको थियो । सम्पादक जैसीले २१ गते राती १० बजे कोठामा…

देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’ को लोकार्पण

काठमाडौ - कवि देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’ को लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद् (नेपाल) र नेपाली प्रतिभा प्रतिष्ठान (बेलायत)को संयुक्त आयोजनामा राजधानीको बागबजारस्थित होटेल हार्दिकमा प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काईलाको प्रमुख आतिथ्यतामा कवि देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’को लोकार्पण गरिएको हो । प्रवासी भूमि वेलायतमा रहेर नेपाली साहित्यको क्षेत्रमा कलम चलाई रहेका खेरेसको यो तेस्रो कविता संग्रह हो । खेरेसले यो भन्दा अगाडि "रुङरीको वयान" र "नदीको…

डोरी तानेर मनाइयो मुक्ति दिवस

शशी लुमुम्बू / काठमाडौँ, २४ मंसिर २०७५ । तत्कालीन जहानियाँ राणा शासन विरोधी आन्दोलनमा मुक्तिसेनाका कमान्डर भोजपुरका रामप्रसाद राईको कमान्डमा राणा फौजबाट भोजपुरलाई बिना रक्तपात मुक्त गरेको दिनको स्मरणमा सोमबार रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँ र नेपाल डोरीतान संघद्वारा संयुक्त रुपमा लगन खेलस्थित राजदल गणको खेलमैदानमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय डोरीतान प्रतियोगिताको आयोजना गरियो । उक्त प्रतियोगिताको डोरी तानेर उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले खेल र खेलाडीहरूको सम्मान र विकास गर्दै…

पत्रकार महासंघको चार नम्बर प्रदेश भेला भव्य रूपमा सम्पन्न

पोखरा - नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी पत्रकार महासंघले चार नम्बर प्रदेश भेला भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न भेलाबाट गोपाल जिसिको अध्यक्षतामा एक सदस्य पछि थप्नेगरी सात सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित पत्रकार जिसि तत्कालिन माओवादी जनयुद्धकालदेखि नै जनपक्षीय पत्रकारीताका क्षेत्रमा सकृय रहँदै आएका छन् । उनि हाल नवदृष्टि डटकममा सम्पादकका रूपमा कार्यरत छन् । त्यसैगरी प्रदेश कमिटीको सदस्यमा निर्वाचित सञ्जय तिवारी वर्गदृष्टि…