Browsing Category

समाचार

“फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - "फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुनै पनि चिजलाई राम्रो सोचे राम्रै हुने र नराम्रो सोचे नराम्रै हुने आशयलाई चित्रण गरेर तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार चन्द्रकला राईको शब्द रचनामा रहेको यो गीतलाई संगीत पनि गीतकार स्वयम् चन्द्रकला राईले नै गरेकी छन् । चन्द्रकला राई एक संचारकर्मी पनि हुन् । सार्वजनिक गीत "फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन" मा देबस राईको स्वर रहेको छ । सेण्टिमेण्टल शब्दलाई गीतको भाव अनुसार गायक देबसले कर्ण…

धार्मिक सद्धभाव “द प्रेसियस गिफ्ट”मा

काठमाडौ - “द प्रेसियस गिफ्ट” एउटा लघु चलचित्र(सर्ट मुभी) हो। अन्य देशहरुमा लघु चलचित्रहरुले राम्रै ख्याति कमाए पनि नेपालमा भने यस्ता चलचित्रहरु यदकदा मात्र बन्दै आएका छन् र उल्लेखनीय प्रभाव छोड्न पनि सकिरहेका छैनन्। कुनै महत्वपूर्ण बिषयबस्तु माथि संदेशमुलुक रुपमा बन्ने लघु चलचित्रहरु लेखन, प्रस्तुति र अभिनयको पक्षबाट निकै सबल र रोमाञ्चक हुने गर्दछन्। कवि गीतकार मनिष वाशिष्टको लेखनमा बनेको “द प्रेसियस गिफ्ट” एउटा यस्तै संदेशमुलक सशक्त लघु चलचित्र हो। जसले नेपाली लघु चलचित्र निर्माणमा राम्रो छाप छोड्न सक्छ। केही दिन अघि मात्र…

किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको अध्यक्षमा दोस्तिहाङ राई

दक्षिण कोरिया - किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको दोस्रो अधिवेशन डिसेम्बर ३० तारिकमा सम्पन्न भएको छ । अधिबेशन् बाट अध्यक्षमा दोस्तिहाङ राई निर्विरोध चुनिएका छन् । किराया बुसान स्थापनाकालदेखि नै आफ्नो कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण विकास र सम्बर्द्धनमाजोड दिदै दक्षिण कोरियामा रहेका नेपालीहरु चाहे त्यो जुनसुकै क्षेत्र, वर्गसमुदाय तथा जातिको भएपनि सबैलाई सकेको मद्दत गर्दै सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय रहेको छ । संस्थाको दोस्रो अधिवेशनमा किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावा, किराया…

प्रजातान्त्रिक योद्धा राईको तस्बिरअंकित हुलाक टिकट प्रकाशित

काठमाडौँ, १५ पुस २०७५ । सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए । राई २००७ सालको क्रान्तिमा पूर्वी क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार विद्रोहपछि बेपत्ता पारिएका थिए । इतिहासले न्याय गर्छ भन्ने कुरा टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘आज रामप्रसाद राईले…

“फुलबुट्टे चोली” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - रनु गुरुङ र सागर गुरुङ्गको स्वरमा रहेको "फुलबुट्टे चोली" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रामु रावतको शब्द रचना तथा संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लोकलयमा रहेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । सार्वजनिक म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन र दिपक बिष्टले सम्पादन गरेका छन् । आरुशी मगर , काजिश श्रेष्ठ र बिनोद गुरुङ, रोशन मगर लगायतले अभिनय गरेको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले नै निर्देशन पनि गरेका हुन् । यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला 

राजेश पायल राई र शुस्मिता राईको स्वरमा “भोजपुरै जिल्ला” बोलको म्युजिक भिडियो सार्वजनिक

इन्द्र जिजीबिषा / काठमाडौ - मेघा स्टार राजेश पायल राई र दृष्टि बिहिन गायिका शुस्मिता राईको स्वरमा रहेको "भोजपुरै जिल्ला" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्बेली लोक भाकामा रहेको यो गीतले भोजपुर जिल्लाको दक्षिण भेगतिरको बर्णन गरेको छ । थामी खुशी भाई र सुखदेव राईको शब्द रचनामा रहेको यो गीतको संगीत भने किरात राई बान्तावा भाषाको गीत गाएर चर्चा पाएका संगीतकार शुखदेव राईले गरेका छन् । एरेन्ज भने दृष्टि बिहिन कलाकार गायक तथा संगीतकार कृष्ण भक्त राईले गरेका हुन् । राहुल राईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई दिनेश…

“लाईक यु भन्ने” आईटम गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - नेपाली चलचित्र "यथार्त" को "लाईक यु भन्ने" बोलको आईटम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार निर्मला राईको शब्द रचनामा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार निर्मला राईको शब्द रचनामा राज लिम्बु थेगिमले संगीत भरेका हुन् भने दिपा तामाङ्गको स्वर रहेको छ । यो गीतलाई एरेन्ज भने बिनय "केटो" को गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई जीआर राईले छायांकन गरेका हुन् भने, जितु लिम्बुले म्युजिक भिडियोको कोरियोग्राफ गरेका हुन् । दीक्षा लिम्बुको अभिनय रहेको यो म्युजिक भिडियोलाई राज लिम्बु थेगिमले…

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा प्रतिभा सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ । २०७५ पौष १४ गते शनिबार । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई प्रतिभा सम्मान र निबन्ध तथा अनुवादका क्षेमा उल्लेखनीय योगदान दिएबापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई प्रतिभा पुरस्कार प्रदान गरेको छ । शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त सम्मान तथा पुरस्कार प्रदान गरे । काइँलाले दोसल्ला,…

राष्ट्रिय भावनाले ओतप्रोत ” मेरो देश नेपाल” बोलको म्युजिक भिडियो सार्वजानिक

विचारी चाम्लिङ्ग / काठमाडौ - " मेरो देश नेपाल" बोलको म्युजिक भिडियो हालै सार्वजानिक भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत "बिहानी पख झुल्किदा घाम सुनौलो किरन, आमाले भन्थिन् देशको लागि अमर भई मरण " जस्ता शब्दले भरिएको गीतको शब्द रचना नारायण प्रसाद राईले गरेका हुन् । यो गीतमा गायक सुमन राई, महेन्द्र राई, रविन गहतराज, सुमन मगर, बबिना किराती, दिपा तामाङ्ग, एन्जिला रेग्मी र सोनी राईले स्वर दिएका छन् । सार्वजनिक यो गीतलाई संगीतकार सुमन राईले म्युजिक कम्पोज गरेका हुन् । संगीतकार सुमन राई चलचित्र "मट्टिमाला"को "बेची दिन्थे यो जवानी,…

किरातीहरुको चाड साकेला छिरिनाम (उधौली २०७५) (येलेदोङ ५०७८ ) को पहिलो दिन भव्यताको साथ सम्पन्न (फोटो फिचर)

ललितपुर - नखिपोट ललितपुर नेपालमा किरातीहरुको चाड साकेला छिरिनाम (उधौली २०७५) (येलेदोङ ५०७८ ) को पहिलो दिन भव्यताको साथ सम्पन्न भएको छ ।