Browsing Category

समाचार

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यद्वारा पद बहाली

काठमाडौँ, २२ पुस २०७५ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ परिषद् सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुका साथै पद बहाली गर्नुभएको छ । नवनियुक्त प्राज्ञपरिषद्का ६ जना सदस्यहरूलाई आइतबार कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको उपस्थितिमा प्राज्ञ परिषद् सदस्यहरू मेघराज शर्मा (मञ्जुल), धीरेन्द्र झा (प्रेमर्षि), हरिदेवी कोइराला,…

“मैना रानी”को म्युजिक भिडियो ट्रेण्डिङ्गको उकालोमा

ईन्द्र जिजीबिषा / काठमाडौ - पछिल्लो समयका भाईरल जोडी सेक्युरिटीवाली हेमा राई र सुनिल छिदालको स्वर तथा अभिनय रहेको बहु प्रतिक्षित गीत "मैना रानी"को म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै लोकप्रिय भएको छ । यो समाचार तयार पार्दा सम्म सामाजिक संजाल युट्युबको ट्रेण्डिङ्ग नं ३७ मा रहेको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै धेरैको मन जित्न सफल भएको छ । पूर्वेली लोकलयमा तयार भएको यो गीतको शब्द रचना डेनी लिम्बु (देबेन्द्र बिक्रम सम्बाहाम्फे"ले गरेका हुन् भने यो गीतको संगीत चर्चित गायक तथा संगीतकार जिबिहाङ्ग…

लिम्बु भाषाको लघु चलचित्र “निङ्गवासुम”को लोकार्पण

काठमाडौ - लिम्बु भाषाको लघु चलचित्र "निङ्गवासुम"को विमोचन गरिएको छ । रिता फोम्बो ठूलिको रचना, स्वर तथा अभिनय र सुर्य खापुङ्गको प्रस्तुतीमा लिम्बु गीति लघु चलचित्र "निङ्गवासुम"निर्माण गरिएको हो । पुरानो कुराहरुलाई याद गराउने वा सम्झना भन्ने अर्थ बुझाउने "निङ्गवासुम" लिम्बु संस्कार संस्कृतीमा आधारित रहेको छ । पछिल्लो समयका भाईरल बालकलाकारहरु मनिष लिम्बु र माङ्गेना लिम्बु, सुहाङ्ग लिम्बु, सबनम लिम्बु, मनु लिम्बु, सुर्य खापुङ्ग, चपेटीको आमा लगायतले अभिनय गरेको लघु चलचित्र "निङ्गवासुम" प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति,…

मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ मा

काठमाडौ २९ पुष । गौतम बुद्ध फिल्मस् प्रालिको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । काठमाडौकोकमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजकले जनाएको छ । शेर्पा समुदायका किशोर किशोरीहरुको व्यक्तिको विकास गर्नुका साथै शेर्पा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको गौतम बु्द्ध फिल्मसका निर्देशक लाक्पा शेपा आमोदले बताएका छन् । निर्देशक शेर्पाका अनुसार प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरु सहभागी रहेका छन् । जसमध्ये १५ जना युवती र १० जना युवाहरुले…

पुजा सुनुवारको “नामसेवाल” को सार्वजनिक

काठमाडौ - "सेल्फी" "ट्युसन पढाउने" जस्ता चर्चित गीतको गायिका पुजा सुनुवारको अर्को किरात सुनुवार भाषाको गीत "नामसेवाल" को सार्वजनिक भएको छ । किरात सुनुवारको "स्यादर"लाई बेस बनाएर तयार पारिएको गीतको शब्द रचना कृष्ण सुनुवारले गरेका हुन् । यो गीतको शब्दलाई किरात सुनुवार भाषामा अनुवाद भने कातिच उकुसुले गरेका हुन् । सार्वजनिक गीत "नामसेवाल"मा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् । किरात सुनुवार भाषामा "नामसेवल" को अर्थ नेपाली खस भाषामा नमस्कार भन्ने जनाउदछ । मेलोडी नेपालको प्रस्तुतीमा पुस्कर सुनुवारको आफ्नै च्यानल बाट सार्वजनिक भएको…

राजेश पायल राई र सुनिता थेगिमको स्वरमा मारुनी भाका “माया हजुर” सार्वजानिक

काठमाडौ - मेघा स्टार राजेश पायल राई र चर्चित गायिका सुनिता थेगिमको स्वरमा मारुनी भाकाको "माया हजुर" बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भन्दा अगाडि धेरैले मन पराएका गीत "हिडि जाने बटुवाको" भाग दुईको रुपमा बजारमा आएको यो गीत निक्कै मर्मस्पर्शी भावमा तयार भएको छ । सुमाया राईको शब्द रचनामा रहेको यो गीतमा चर्चित संगीतकार डिआर अटुले संगीत गरेका छन् । प्रवासमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय डिआर अटुको दर्जनौ गीतहरु हिट भएका छन् । राजेश पायल राई नेपाली गीत संगीतको क्षेत्रमा मेघा स्टार हुन् भने सुनिता थेगिम पछिल्लो…

मिस्टर एण्ड मिस शेर्पाको ट्यालेन्ट सो सम्पन्न, फाईनल आगामी माघ १ गते

काठमाडौं ( मिस्टर एण्ड मिस टीन शेर्पाको सिजन –१ को ट्यालेन्ट राउण्ड सपन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पाको ट्ल्यान्ट राउण्ड राजधानीको बौद्धमा सम्पन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक , भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शोमा २५ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषण र तस्बिर बनाउने कला ,लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । मिस्टर टिन शेर्पा उपाधिका लागि १० जना किशोर र मिस टिनका लागि १५ जना किशोरीले अडिसन राउण्ड पार गदै ट्यालेन्ट सो…

कृष्ण सापकोटाको “छायाँ खोज्न कहाँ जाम” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - अत्यान्तै मर्मस्पर्शी नेपाली लोक गीत " छायाँ खोज्न कहाँ जाम" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडेल तथा गीतकार कृष्ण सापकोटाको शब्द रचनामा रहेको यो गीतमा भिम लम्तरी र देवी घर्ति मगरले स्वर दिएका छन् । सार्वजनिक गीतको संगीत प्रतिमा मगरले गरेकी हुन् भने यो गीतलाई कमल स्वराजले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने नविन घर्ति मगरले म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् । गीतकार स्वयम् कृष्ण सापकोटा, रन्जु अधिकारी र मोहित विश्वकर्माको अभिनय रहेको म्युजिक…

गायिका राईको ‘जुनी’ विमोचन

काठमाडौँ । २०७५ पौष १८ गते बुधबारका दिन राजधानीमा आयोजित एक समारोहमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतका अतिथिहरूद्वारा गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन गरियो । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा कलाकारहरू लाग्नु पर्छ । उनले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गरे । कार्यक्रममा गायिका…

सुमन राई र शान्ता लिम्बुको “चैतको महिना,गुरासै फूल्यो,घुम्न जाउँ सिलिचुङ्ग” सार्वजनिक

काठमाडौ - गायक सुमन राई र गायिका शान्ता लिम्बुको स्वरमा "चैतको महिना, गुरासै फूल्यो, घुम्न जाउँ सिलिचुङ्ग" बोलको गीत सार्वजनिक भएको छ । सांस्कृतिक र केहि टिपिकल शब्द रहेको यो गीत पुर्बेली लोक लयमा रहेको छ । गीतकार ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको यो गीतको संगीत गायक स्वयम् सुमन राईले गरेका छन् । यो गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् । गोबिन्द सोनीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेको यो गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् । सार्वजनिक गीतको लिप सिङ्ग भिडियोमा गायक सुमन राई र गायिका शान्ता लिम्बुले नै अभिनय पनि गरेका…