Browsing Category

समाचार

आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

विचारी चाम्लिङ्ग / काठमाडौ - आकृति प्रकृति प्रकाशनको संयोजनमा ,वरिष्ठ साहित्यकार पुष्कर लोहनीको सभापतित्वमा आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया सम्पन्न भएको छ । आकृति प्रकृतिले हाइकु संग्रहको पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जापानी कविता भन्ने वित्तिकै हाइकु र तान्का भन्ने बुझिन्छ । जापानी र नेपाली भाषाका ध्वनी र उच्चारण फरक हुने भएकाले पनि शब्दचयनहरु गर्दा लेखकहरु सचेत रहन आवश्यक छ । हाइकु एउटा सुत्रात्मक शैलीको कविता हो । जापानमा यो कविताले निकै प्रशिद्धि कमाएको छ । सातौँ आठौँ शताव्दीमा यसको विकास भएको…

लुम्बिनीमा अवधी साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ २४ वैशाख २०७६ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही वैशाख २७ र २८ गते अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् ‘राष्ट्रिय अवधी सम्मेलन’ हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश–५ र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र, नेपालले आयोजना गर्ने सम्मेलनमा अवधी भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुतिका साथै त्यसमाथि विमर्श गरिने सम्मेलन संयोजक विक्रममणि त्रिपाठीले जानकारी गराउनुभयो । उक्त…

‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ को ट्रेलर सार्वजनिक

काठमाडौं – गीतकार तथा संगीतकार जित लिम्बुको ‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ बोलको पुर्बेली गीतको ट्रेलर सार्वजनिक भएको छ । ‘हावा सरर’‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’‘के छ समाचार’ जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गित पुर्बेली लोक भाकामा रहेको छ । गीतमा बरिष्ट गायक तथा संगीतकार कृष्णभक्त राइ र अहिलेका चर्चित गायिका सुनिता थेगीम लिम्बुको स्वर रहेको छ । गीतको रेकर्डिङ स्टुडियो देखिनै निक्कै रुचाइएको पुर्बेली भाकामा रहेको गीतमा प्रकाश लिम्बुले निर्देशन गरेका छन् । बीबी लिम्बु र पर्शु…

केःसाङ्ला’को विशेष शो बाट मृगौलापिडितलाई आर्थिक सहयोग

काठमाडौ - सभामुख कृष्णबहादुर महराको आतिथ्यतामा शनिबार राजधानीको कमलपोखरी स्थित बिग सिनेमा हलमा लिम्बू भाषाको चलचित्र ‘केःसाङ्ला’को विशेष प्रदर्शन भएको थियो । लिम्बू संस्कृतिमूलक ‘केःसाङ्ला’को विशेष शोमा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले ‘लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यारिटी शो गर्नु आफैमा सह्रानीय कार्य भएको बताएका छन् । भाषिक तथा जातीय चलचित्रहरुले नेपालको वास्तविक संस्कृति उजागर गर्ने र यस्ता कार्यले जातिय समुदाय प्रति आफ्नो भाषा, संस्कृतिको संरक्षणमा ठुलो टेवा…

बहुभाषिक सङ्गीत उत्सवको तयारी पूरा

२४ वैशाख २०७६ - प्रदेश नम्बर एकको इटहरीमा आयोजना हुने एक नम्बर प्रदेशस्तरीय बहुभाषिक सङ्गीत उत्सवको सबै तयारी पूरा भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक प्राज्ञ अशोककुमार राईका अनुसार प्रज्ञा–प्रतिष्ठानको आयोजना र सङ्गीत साधना प्रतिष्ठान, नेपाल, इटहरीको स्थानीय आयोजनामा शुक्रबारदेखि सुरु हुने उत्सवको सबै तयारी पूरा भएको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उत्सवमा सङ्गीत विमर्शका साथै बहुभाषिक साङ्गीतिक प्रस्तुत हुनेछ ।…

‘अभिव्यक्ति’को १२औँ शृङ्खलामा जानू

काठमाडौँ - नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्दैआएको नियमित सिर्जना वाचन कार्यक्रम ‘अभिव्यक्ति’को १२औँ शृङ्खलामा कवि तथा गीतकार जानु काम्बाङ लिम्बूलाई प्रस्तुत गर्ने भएको छ । प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । शृङ्खला आगामी सेप्टेम्बर १४ का दिन बेलायतको हाइवेकम, मिडल्याण्डमा आयोजना गरिने प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । उक्त शृङ्खला बेलायतका स्रष्टामाझ निकै महत्वपूर्ण र लोकप्रिय मान्निछ । ताप्लेजुङ स्थायी घर भएकी कवि…

याकुमा ‘जोडी परेवा’ प्रदर्शन

अरुण, भोजपुर । नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको हो । नाटककको लेखन तथा निर्देशन सन्तोष थापाले गरेका हुन् भने तिलक थापा र पुजन आचार्यले सहनिर्देशन गरेका थिए । सामाजिक विषयवस्तुमा आधारित उक्त नाटकमा पुजन आर्चाय, तिलक थापा, भूमिका ढकाल, सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, योगेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य…

टाइम लाईन स्कुलका प्रसुन बडाल बने राईजिङ्ग स्टार सिजन ५ को विजेता

काठमाडौ - राईजिङ्ग स्टार सिजन ५ को विजेता टाइम लाईन स्कुलमा अध्ययनरत प्रसुन बडाल बनेका छन् । बालबालिकाको बौदिक विकास र क्षमता वृद्धि गर्ने उदेश्यले संचालन हुदै आएको राईजिङ्ग स्टार सिजन ५ को फाइनलमा ८५ जना प्रतिश्पर्धिलाई पछि पार्दै बडाल विजेता बनेका हुन् । विजेता बने संगै बडालले नगद ५१ हजार ट्रफि र ताज पाएका छन् । उनलाई गतवर्षको बिजेता अस्मिता खड्काले ताज लगाईदिएका थिए । बडाल विजेता बन्दा सिनियर तर्फ फस्ट रनर अप एशियन पब्लिक स्कुलका दृष्टि श्रेष्ठ र जुनियर तर्फ जेम्स स्कुलका पल्सा खड्का बनिन् । सेकेण्ड रनर अपमा भने सिनियर…

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सङ्गीतकर्मीसँग विमर्श

काठमाडौ - २०७५ चैत २७ गते बुधबारका दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागद्वारा सङ्गीतकर्मीहरूसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रमको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा सङ्गीत क्षेत्रमा प्रभावकारी रूपमा केकस्ता कामहरू गर्नु पर्दछ भन्ने विषयमा राय तथा सुझाव लिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति रायन, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम तमोट, सङ्गीत विभाग प्रमुखद्वय प्राज्ञ मञ्जुल र प्राज्ञ अशोक राईले आफूहरू यस क्षेत्रमा नयाँ र सार्थक काम गर्न आएको बताएका थिए । उक्त कार्यक्रममा…

लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’को विशेष च्यारिटी हुने

काठमाडौ - लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २३ बैशाखमा विशेष च्यारिटी हुने भएको छ । ‘केःसाङ्ला’ को बिशेष च्यारिटि सो काठमाडौमा हुने भएको हो । शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै चलचित्र निर्माण पक्षले उक्त जानकारी गराइएको हो । यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ । कार्यक्रममा कलम पोखरीस्थित बिग मुभिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकम मध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मृगौला पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने…