Browsing Category

साहित्य/संगीत

गायिका प्रशन्ना पाण्डे सर्वोत्कृष्ट गायिकाको अवार्डद्वारा सम्मानित

काठमाडौ - गायिका प्रशन्ना पाण्डेलाई स्टार ईन्टरनेशनल अवार्डद्वारा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको छ। ट्रफी मेडल र प्रमाण-पत्र सहित उक्त सम्मान पाण्डेलाई प्रदान गरिएको हो। हरेक विधाका गीतलाई गाउने क्षमता राख्ने गायिका पाण्डे नेपाली कला र भाषालाई औधि माया गर्छिन् भने समाजसेवामा पनि उतिकै सकृय छिन् | होटल र्याडिसनमा सम्पन्न भएको स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणमा रक्षा-मन्त्री डा मिनेन्द्र रिजालको प्रमुख रहेका थिए भने उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी,चलचित्र कलाकार संघका अध्यक्ष…

बबिता राई “अनुमा” र प्रताप दासको “तिमी पारी, म वारी” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ- चर्चित गायिका बबिता राई "अनुमा" र प्रताप दासको स्वरमा "तिमी पारी, म वारी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। समयको केहि अन्तरालपछि अनुमाले एक उत्कृष्ट गीत सार्वजनिक गरेकी हुन्। गायिका "अनुमा"ले "सम्झनामा" लगायत सयौ गीतमा आफ्नो कोकिल कण्ठ आवाज दिएकी छन् भने प्रताप दास आफैमा लोक प्रिय गायक हुन्। चन्द्र सिर्मलले शब्द रचना गरेको उक्त गीतलाई गीतकार आफैले संगीत पनि गरेका छन् । उक्त गीतलाई प्रसन परियारले एरेन्ज गरेका छन् भने चन्द्र चौधरीले मिक्सिङ्ग मास्टरिङ्ग र अजय कार्कीले रेकर्ड गरेका हुन्। राजाबाबु अधिकारी र…

प्रिया लिम्बु मादेन र गोबिन्द चेम्जोङ्ग लिम्बुको “निम्छरो” सार्वजनिक

काठमाडौ - प्रिया लिम्बु मादेन र गोबिन्द चेम्जोङ्ग लिम्बु अभिनित म्युजिक भिडियो "निम्छरो" सार्वजनिक भएको छ। प्रिया लिम्बुको सशक्त अभिनयले गर्दा डेब्यु म्युजिक भिडियोमै प्रशंसा पाएकी छन् । व्यावसाय संगै मोडलिङ्ग क्षेत्रमा लागेकी प्रिया लिम्बु मादेनको म्युजिक भिडियो सार्वजनिक भए संगै कलाकारिता क्षेत्रमा पनि भविष्य उज्ज्वल देखिएको छ। सरगम शितल सुब्बाको शब्द रचना रहेको "निम्छरो"मा गोबिन्द चेम्जोङ्गले स्वर तथा संगीत दिएका हुन्। राजु कार्कीले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन पवन सुस्लिङ्गले गरेका छन्।…

श्रीराम राईको बालकथा सङ्ग्रह “पोलेको मकै” सार्वजनिक

काठमाडौं - साहित्यकार श्रीराम राईको बालकथा सङ्ग्रह "पोलेको मकै" सार्वजनिक भएको छ। बुक्स हिमालयले बालकथा सङ्ग्रह "पोलेको मकै" बजारमा ल्याएको हो । "पोलेको मकै"मा पहाडी भेगका विषयवस्तुमा बालमनोविज्ञानलाई ध्यान दिएर रमाइलो तरिकाले प्रस्तुत गरिएको हुनाले कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ । कथासङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाइ छ । सर्जक गङ्गा कर्माचार्य पौडेलद्वारा सम्पादित उक्त कथासङ्ग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी…

पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित "आनी याक्थुङ्बा तीन" म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्र पाहिमको शब्द रचनामा सुनिता थेगिम र सुमन लिम्बूको स्वर रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा प्राज्ञ अशोक लोहरुङले एरेञ्ज तथा संगीत गरेका छन् । म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बूले निर्देशन गरेका छन्। मुकेश हुमागाइले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । "आनी याक्थुङ्बा – ४" त्यसैगरी पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम…

सुनिता थेगिमको संगीतमा मेलिना राई र सुनिता थेगिमको लिम्बु गीत “निङवा पाङसिङलो” सार्वजनिक

काठमाडौ - चर्चित गायिका मेलिना राई र सुनिता थेगिमको स्वरमा लिम्बु गीत "निङवा पाङसिङलो" सार्वजनिक भएको छ। भौतिक पूर्वाधार तथा यातायात पुर्व मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा एक कार्यक्रम गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । हजारौ गीतहरु रेकर्ड गरिसकेकी गायिका मेलिना राईको लिम्बु भाषामा भने यो पहिलो गीत रहेको छ। गीत रेकर्ड गर्दा शब्द उच्चारणमा केहि असहज भएपनि गीत उत्कृष्ट बनेको गायिका मेलिना राईले बताएकी छन्। गायिका सुनिता थेगिमको संगीतमा रहेको उक्त गीत टिरआर सेनेहाङको…

चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक, कात्तिक १८ गतेदेखि देशभर प्रदर्शन

ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित नायक तथा निर्माता जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक गरेका छन्। चलचित्र "धुम-४" मा समावेश "पख ओइ काली" बोलको भिडियो सार्वजानिक भएको हो । आउँदो कार्तिक १८ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको चलचित्र "धूम ४" मा समावेश उक्त गीतको शब्द सुजन कटुवालले लेखेका हुन् भने एम गुरुङले संगीत गरेका छन् । गायिका मेलिना राई र राकेश राईको स्वर रहेको गीतको भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ । यो चलचित्रमा नायक तथा निर्माता बस्नेत संगै सन्जोग राणा, नायिका…

नुमा राईको स्वरमा “हिजो तिम्ले” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - गायिका नुमा राईको स्वरमा "हिजो तिम्ले" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राई एक मोडेल पनि हुन्। उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। सार्वजनिक गीतमा मिलन भुजेलको शब्द रचनालाई अशोक लिम्बुले संगीत गरेका हुन्। एरेन्ज भने राजु कार्कीले गरेका छन्। सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयं नुमा राई , आकृति लिम्बु, दिपक लोप्चन र सविता कोईरालाले अभिनय गरेका छन् । गङ्गाराम राईले छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा अनुस्का थापाले शृंगार गरेकी हुन् भने श्री शक्ति बराईलीले म्युजिक भिडियोको निर्देशन…

रेवत राई र मेलिना राईको स्वरमा “आज हामी बाचा गरौ” बोलको गीत सार्वजनिक

काठमाडौ - चर्चित गायक रेवत राई र मेलिना राईको स्वरमा "आज हामी बाचा गरौ" बोलको गीत सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले सजिएको गीतमा मिठो स्वर, शब्द र संगीतको फ्युजन रहेको छ। गायक रेवत राईको सयौ गीतहरुलाई स्रोता दर्शकले मन पराएका छन् भने गायिका मेलिना राई अहिलेका सर्वाधिक रुचाईएका गायिका हुन्। किरण चाम्लिङ्गको शब्द रचनालाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन्। लिरिकल भिडियो बनाएर सार्वजनिक गरिएको गीतलाई सुमन मगरले लिरिकल भिडियो तयार गरेका हुन्। गीत यहाँ हेर्नुहोला 

“पात बजाउदै” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - मेघा स्टार राजेश पायल राईको स्वरमा "पात बजाउदै" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत-संगीतको क्षेत्रमा एकछत्र राज गर्दै सदावहार गायकको रुपमा आफ्नो परिचय बनाएका गायक राजेश पायल राईको मिठो स्वरमा उक्त गीत सार्वजनिक भएको हो। यो सार्वजनिक गीतमा मिठो संगीत अनि शब्दको फ्युजन रहेको छ । सार्वजनिक गीतमा लिमन लिम्बुको शब्द रचनालाई अनिल कोयी राईले संगीत गरेका हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । चर्चित मोडेल अलिशा राई, अलिश राई (प्र्यांक स्टार) र रोजन लिम्बुले अभिनय गरेको म्युजिक भिडियोलाई दिनेश पराजुलीले…