श्रीराम राईको बालकथा सङ्ग्रह “पोलेको मकै” सार्वजनिक

0 137

काठमाडौं – साहित्यकार श्रीराम राईको बालकथा सङ्ग्रह “पोलेको मकै” सार्वजनिक भएको छ। बुक्स हिमालयले बालकथा सङ्ग्रह “पोलेको मकै” बजारमा ल्याएको हो ।

“पोलेको मकै”मा पहाडी भेगका विषयवस्तुमा बालमनोविज्ञानलाई ध्यान दिएर रमाइलो तरिकाले प्रस्तुत गरिएको हुनाले कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ । कथासङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाइ छ ।

सर्जक गङ्गा कर्माचार्य पौडेलद्वारा सम्पादित उक्त कथासङ्ग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु समावेश छन्।

सर्जक राईको यसअघि टोली नेता (बालकथा सङ्ग्रह–२०७४), आजका लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह–२०७४) आदि कृति प्रकाशित छन् । राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नपा– ७ सिर्जनाकुञ्जका सर्जक हुन् । खोटाङबाट शिक्षण पेसा छोडेर काठमाडौँ छिरेका राई पछिल्लो समय साहित्यिक पत्रकारितामा सक्रिय छन् ।

Loading...