चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक, कात्तिक १८ गतेदेखि देशभर प्रदर्शन

0 1,139

ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित नायक तथा निर्माता जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक गरेका छन्। चलचित्र “धुम-४” मा समावेश “पख ओइ काली” बोलको भिडियो सार्वजानिक भएको हो ।

आउँदो कार्तिक १८ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको चलचित्र “धूम ४” मा समावेश उक्त गीतको शब्द सुजन कटुवालले लेखेका हुन् भने एम गुरुङले संगीत गरेका छन् । गायिका मेलिना राई र राकेश राईको स्वर रहेको गीतको भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रमा नायक तथा निर्माता बस्नेत संगै सन्जोग राणा, नायिका जाहन्वि बस्नेत, बन्दना नेपाल,एलिसा खड्का,एनी बिस्ट,एलिशा सुनार,दिप्ती लामिछाने, उरुषा पाण्डे, शोभित बस्नेत लगायतले अभिनय गरेका छन्।

यस चलचित्रको लेखन,तथा निर्देशन समेत बस्नेत स्वयम आफैले गरेका हुन् भने यस चलचित्रको निर्माण रविकुमार महर्जनले गरेका हुन् ।

“धुम-१” “धुम-२” “धुम-३” को अपार सफलतापछि दर्शकहरुको माग अनुसार नै “धुम -४” निर्माण गरिएको नायक तथा निर्माता बस्नेतले बताएका छन् । बलिवडमा समेत “धुम-४” नबनेको अवस्थामा कलिवडमा “धुम-४” आफूले बनाएर अग्रगामी छलाङ्ग मारेको बस्नेतको भनाई छ ।

“धूम ४” को “पख ओई काली” गीतको भिडियो

नायक जय किशन बस्नेत र नायिका जाहन्वि बस्नेत संग गरिएको कुराकानी

Loading...