बबिता राई “अनुमा” र प्रताप दासको “तिमी पारी, म वारी” म्युजिक भिडियो सार्वजनिक
काठमाडौ- चर्चित गायिका बबिता राई “अनुमा” र प्रताप दासको स्वरमा “तिमी पारी, म वारी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। समयको केहि अन्तरालपछि अनुमाले एक उत्कृष्ट गीत सार्वजनिक गरेकी हुन्।
गायिका “अनुमा”ले “सम्झनामा” लगायत सयौ गीतमा आफ्नो कोकिल कण्ठ आवाज दिएकी छन् भने प्रताप दास आफैमा लोक प्रिय गायक हुन्।
चन्द्र सिर्मलले शब्द रचना गरेको उक्त गीतलाई गीतकार आफैले संगीत पनि गरेका छन् । उक्त गीतलाई प्रसन परियारले एरेन्ज गरेका छन् भने चन्द्र चौधरीले मिक्सिङ्ग मास्टरिङ्ग र अजय कार्कीले रेकर्ड गरेका हुन्।
राजाबाबु अधिकारी र स्वेता मिश्रले मुख्य भूमिकामा अभिनय गरेको म्युजिक भिडियोमा बिक्रम गौतम, ज्ञानेन्द्र आचार्य र सबु ज्ञान लगायतले अभिनय गरेका छन्।
बिक्रम गौतमले शृंगार, दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडियोलाई सम्पादन र कलर गरेका हुन् भने दिपेश केसीले ड्रोनले र साजन कटेलले निर्देशन गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला