रेवत राई र मेलिना राईको स्वरमा “आज हामी बाचा गरौ” बोलको गीत सार्वजनिक
काठमाडौ – चर्चित गायक रेवत राई र मेलिना राईको स्वरमा “आज हामी बाचा गरौ” बोलको गीत सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले सजिएको गीतमा मिठो स्वर, शब्द र संगीतको फ्युजन रहेको छ।
गायक रेवत राईको सयौ गीतहरुलाई स्रोता दर्शकले मन पराएका छन् भने गायिका मेलिना राई अहिलेका सर्वाधिक रुचाईएका गायिका हुन्।
किरण चाम्लिङ्गको शब्द रचनालाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन्।
लिरिकल भिडियो बनाएर सार्वजनिक गरिएको गीतलाई सुमन मगरले लिरिकल भिडियो तयार गरेका हुन्।
गीत यहाँ हेर्नुहोला