याकुमा ‘जोडी परेवा’ प्रदर्शन

अरुण, भोजपुर । नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको हो । नाटककको लेखन तथा निर्देशन सन्तोष थापाले गरेका हुन् भने तिलक थापा र पुजन आचार्यले सहनिर्देशन गरेका थिए । सामाजिक विषयवस्तुमा आधारित उक्त नाटकमा पुजन आर्चाय, तिलक थापा, भूमिका ढकाल, सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, योगेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य…

टाइम लाईन स्कुलका प्रसुन बडाल बने राईजिङ्ग स्टार सिजन ५ को विजेता

काठमाडौ - राईजिङ्ग स्टार सिजन ५ को विजेता टाइम लाईन स्कुलमा अध्ययनरत प्रसुन बडाल बनेका छन् । बालबालिकाको बौदिक विकास र क्षमता वृद्धि गर्ने उदेश्यले संचालन हुदै आएको राईजिङ्ग स्टार सिजन ५ को फाइनलमा ८५ जना प्रतिश्पर्धिलाई पछि पार्दै बडाल विजेता बनेका हुन् । विजेता बने संगै बडालले नगद ५१ हजार ट्रफि र ताज पाएका छन् । उनलाई गतवर्षको बिजेता अस्मिता खड्काले ताज लगाईदिएका थिए । बडाल विजेता बन्दा सिनियर तर्फ फस्ट रनर अप एशियन पब्लिक स्कुलका दृष्टि श्रेष्ठ र जुनियर तर्फ जेम्स स्कुलका पल्सा खड्का बनिन् । सेकेण्ड रनर अपमा भने सिनियर…

कविता राईको ‘आमा र जून’ सार्वजनिक

काठमाडौँ - पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविताकृतिसहित आएकी छन् । पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी राईको कविताकृति ‘आमा र जून’ शनिबार सिटीम्याक्स, बागबजारमा भोजपुरका सङ्घीय सांसद सुदन किराती, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् प्रगतिशील लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ एवम् वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू लगायतले लोकार्पण…

यशोदा खालिङ्ग राईको ” माया मा ” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - गायिका यशोदा खालिङ्ग राईको "माया मा " बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका राईको यशोदा २ नामक एल्बमको दोश्रो गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियो्मा ब्युटीसियन कमला राई, र जाङ्बु शेर्पाले अभिनय गरेका छन् । गीतको शब्द रचना र संगीत आशुतोष राईले गरेका हुन् भने एरेञ्ज दिनेश न्यौपानेले गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई शम्भु मोक्तानले छायांकन गरेका हुन् भने भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् । गायिका राईको पहिलो एल्बम योशोदामा ८ वटा गीतहरु रहेका थिए भने यशोदा २ मा चाहि ९ वटा गीतहरु…

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सङ्गीतकर्मीसँग विमर्श

काठमाडौ - २०७५ चैत २७ गते बुधबारका दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागद्वारा सङ्गीतकर्मीहरूसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रमको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा सङ्गीत क्षेत्रमा प्रभावकारी रूपमा केकस्ता कामहरू गर्नु पर्दछ भन्ने विषयमा राय तथा सुझाव लिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति रायन, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम तमोट, सङ्गीत विभाग प्रमुखद्वय प्राज्ञ मञ्जुल र प्राज्ञ अशोक राईले आफूहरू यस क्षेत्रमा नयाँ र सार्थक काम गर्न आएको बताएका थिए । उक्त कार्यक्रममा…

पैदल यात्रुको लागि आयो नयाँ कानुन् , जेब्रा क्रसिङ्गमा गाडि नरोके पाँच सय जरिवाना अन्य यस्तो छ विवरण

काठमाडौं २८ चैत - काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ । ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको अनलाईन…

‘पानी आउने धारो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २८ चैत, २०७५ । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युटुबमार्फत् सार्वजनिक भएको छ । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ । गणेश थापाको निर्देशन रहेको भिडियोको छायाङ्कन मनोज राईले गरेका छन् । काठमाडौँ उपत्यका आसपासका स्थलमा छायाङ्कन गरिएको भिडियोको सम्पादन…

श्रेया राईको स्वरमा “ढुङ्गा पनि देउता” सार्वजनिक

काठमाडौ - भोइस अफ नेपाल सिजन एक बाट चर्चामा आएकी गायिका श्रेया राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । "ढुङ्गा पनि देउता' बोलको गीत श्रेया राईको स्वरमा सार्वजनिक भएको हो । द भोईस अफ नेपालमा इङ्ग्लिस गीत गाएर रक गायिका भनेर परिचय बनाएकी गायिका श्रेया राई रक गीतमा झैँ मेलोडियस गीतमा पनि उतिकै जम्ने गरेकी छन् । "ढुङ्गा पनि देउता" बोलको गीत पनि अत्यान्तै मेलोडियस गीत रहेको छ । सार्वजनिक उक्त गीतको शब्द रचना रोवार्ड राईले गरेका हुन् भने यो गीतमा चर्चित संगीतकार तथा गायक सुनिल राईले संगीत गरेका छन् । एरेन्ज भने राजु कार्कीले…

आर्थिक अवस्थाले साथ नदिए पनि कलमले धोका दिएन गीतकार बालकृष्ण न्यौपानेलाई

संसारमा धेर थोर मात्र विषयको ज्ञान सबैमा होला, निपुण भएर खारिन सीप , कला, सृजना हुन नितान्त जरूरी छ । गीत-संगीत र रचनालाई ईश्वरको देन मान्न सकिन्छ । त्यसलाई कुन तरिकाले र कस्तो मेहनतले पस्कने त्यो व्यक्तिमा फरक पर्न सक्छ । अन्त्यानुप्रास मिलेको कवितालाई बाजाको साथमा लय मिलाएर गाउँनु नै गीत थियो कुनै बेला । बाल्य अवस्था देखि नै गीतप्रति धेरै झुकाव बढ्दै गएको र अहिले आएर आफूलाई मुल्यांकन गर्दा थाहा भयो आफु सँग ज्ञान जरूर रहेको तर सीप भने पर्याप्त रूपमा नरहेको कुरा बताउनु हुन्छ बालकृष्ण न्यौपाने । त्यसको परिपूर्ति गर्ने मौका…

“फाक्तालुङ्ग सेसे” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित बाल गायकद्वय मनिष लिम्बु र माङ्गेना लिम्बुको स्वरमा रहेको लिम्बु भाषाको "फाक्तालुङ्ग सेसे" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिता फोम्बो ठूलिको शब्द रचनामा रहेको उक्त गीतमा चर्चित संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका छन् । एरेन्ज भने अशोक लोहरुङ्ग राईले गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा गायकद्वय मनिष लिम्बु र माङ्गेना लिम्बु, चर्चित मोडल सवनम साँवा लिम्बु, संगीतकार सुहाङ्ग लिम्बु, कल्पना योङ्गहाङ्ग, अगम सिंह, याक्पान्देन र मनु लिम्बुले अभिनय गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको…